Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग

nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । 
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र  सोमबार बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धार, राहत, सडक पुनःस्थापना र प्रेस स्वतन्त्रताका विषयमा निर्णय गरेको छ । 
नेपाली कांग्रेसले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको जानकारी दिँदै राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले सुरुङभित्र फसेकाहरूको आपत्कालीन उद्धारका लागि सरकारसँग माग गरेको छ । माथिल्लो त्रिशूली १, रसुवागढी, लाङटाङ खोला, चिलिमेलगायत जलविद्युत् आयोजनाका सुरुङमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धारका लागि बहुविषयगत प्राविधिक अभियान सञ्चालन गर्न बैठकले माग गरेको छ । 
उद्धारमा नेपाली सेना, विपद् व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न तथा घाइतेको उपचार निःशुल्क गर्न माग गरिएको छ ।
पासाङल्हामु र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको अवरोधले आपूर्ति ठप्प हुने जोखिम रहेकाले सडक विभागको नेतृत्वमा विशेषज्ञ टोली गठन गरी तत्काल अस्थायी ट्रयाक खोल्न आग्रह गरिएको छ । 
बैठकले बेत्रावती र अन्य जोखिमयुक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सुझाव दिएको छ ।  राहत सामग्री थुप्रिने तर पीडितसम्म नपुग्ने समस्या देखिएकाले प्रदेश र स्थानीय सरकारको नेतृत्वमा ‘सहजीकरण साझा संयन्त्र’ र एकद्वार प्रणालीमार्फत त्रिपाल, खाद्यान्न र औषधि युद्धस्तरमा वितरण गर्न आह्वान गरिएको छ । 
बैठकले भोटेकोशी बाढीको क्षति, उद्धार, पुनर्निर्माण र जलवायु न्यायका विषयमा एकीकृत नीति तयार पार्न केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ । 
निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने, लोक कल्याणकारी विज्ञापनको कार्यविधि फेर्ने र राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण गराउँदै ती निर्णयहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार