Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशको राजधानी नसार्न तरुणको चेतावनी

download-1522943720.png

२२ चैत, हेटौंडा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर–३ ले प्रदेशको राजधानी नसार्न चेतावनी दिएको छ ।
तरुण दल क्षेत्रीय समिति सभापति सञ्जय श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले  बाम गठबन्धनले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा भइसकेको अवस्थामा सार्ने कुचेष्टा गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
  ‘अब हेटौंडालाई अस्थायी राजधानी बनाएर अगाडि बढ्नुको विकल्प छैन’,सभापति श्रेष्ठले भने । ‘हेटौंडा प्रदेशको राजधानी कायम भएसँगै मन्त्रालय तथा विभागका लागि आवश्यक भौतिक पूर्वाधारहरु धमाधम तयार भइरहेको छ । यस्तो अवस्थामा राजधानी सार्नु भनेको राज्यको खर्च बढाउनु हो । अब हेटौंडालाई राजधानी कायम राखेर तीब्र विकास गर्न जरुरी रहेको छ’, उनले भने । उनले पूर्वाधार र यातायातको सहज पहुँचको कारण हेटौंडा स्थायी राजधानी हुनुपर्ने आफूहरुको ठम्याइ रहेको बताए ।
‘बाम गठबन्धनका सांसद्हरुको चलखेल । मुख्यमन्त्रीसँग राजधानी सारिएको विषय उठिरहेको समयमा प्रदेशको राजधानी सार्ने भनिएको चामलसँग पिठो साटे सरह हो’, सभापति श्रेष्ठले राजधानी सर्ने अवस्था आएको खण्डमा आफूहरु आन्दोलनको लागि तयारी अवस्थामा रहेको बताए । ‘हामीले सम्पूर्ण तरुणहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन भनिसकेको छौं । अब हामी पार्टीसँग समन्वय गरेर आन्दोलनका चरणबद्ध कार्यक्रमहरु सार्वजनिक गर्नेछौं’, उनले भने ।
उनले आफूहरुको आन्दोलनको कार्यक्रम अन्य संघसंस्थासँग पनि समन्वय गरेर निर्धारण गर्ने बताए । ‘हामी चेतावनीसहितको ज्ञापनपत्र बुझाउने छौं । अनि आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौं’, उनले भने ।
बैठकमा नेपाल तरुण जिल्ला कार्यसमिति जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी, निराजन बर्तौला, सचिव सचित थापा, कोषाध्यक्ष सूर्य रोक्का, सहसचिव निरशंकर लामा, निवर्तमान तरुण जिल्ला अध्यक्ष सुनिलकुमार दाहाल, तरुण नेता राजेश भेटवाल तथा क्षेत्रीय सचिव सूर्य थोकरलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार