२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको छ । सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी सदस्यता व्यवस्थापन प्रणालीमा २०८२ पुस २१ गतेसम्म प्रविष्ट भएका तर विभिन्न कारणले अद्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने निर्णयलाई बैठकले कार्यान्वयन गर्ने जनाएको छ।
तर पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनअनुसार पार्टी सदस्य बन्न नमिल्ने व्यक्तिहरू भने यस व्यवस्थाबाट बाहिर रहनेछन्।
बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर त्यसपछि सदस्यता अद्यावधिक तथा महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा जोडिएका पार्टीका नेता–कार्यकर्ताको भूमिकाको सम्मानसमेत गरेको छ।
कांग्रेसले विशेष महाधिवेशन सम्पन्न हुनुअघिका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ।
बैठकले महाधिवेशनलाई केवल प्राविधिक प्रक्रिया नभई पार्टीको राजनीतिक ‘महाउत्सव’ भएको उल्लेख गर्दै पार्टीभित्रका असहमति, चासो र गुनासोलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
-1789347794.jpg)








-1789347794.jpg)








