Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पराजयले काँग्रेसीजन हतोत्साही हुन नपर्ने : डा. महत

received_1021206476791462-1523020577.jpg

२३ चैत,हेटौंडा।पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका  छन ।

नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन गर्दै प्रमुख अतिथि डा. महतले देशैभर निर्वाचनमा प्राविधिक कारणवस काँग्रेसको हार भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर लोकतन्त्रको रक्षा गरेको बताए ।

नेता डा. महतले नेपालको ईतिहासमा सामाजिक र आर्थिक क्रान्तिको सुरुवात काँग्रेसले गरेको र अहिले त्यही नीति कम्युनिष्टहरुले अवलम्बन गरेको बताउनुभयो । बाम गठबन्धनका अर्थमन्त्रीले गलत श्वेतपत्र जारी गरेको भन्दै अहिलेपनि २ सय ८१ अरब भन्दाबढी रकम बैंकमा रहेको बताए ।

त्यस्तै केन्द्रीय सदस्य श्याम घिमिरेले बाम गठबन्धनलाई अझैपनि अन्र्तराष्ट्रिय शक्तिहरुले पत्याउन नसकेको बताउनुभयो । पार्टी र सत्ता संचालनमा काँग्रेसले कमीकमजोरी गरेकै कारण हार व्यहोरेको भन्दै घिमिरेले अव काँग्रेस सुध्रिएर नयाँ शिराबाट पार्टी अगाडी बढ्ने बताए।

काँग्रेस पुराना नेता अर्जुन थिङ्को सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेलामा  काङ्ग्रेस मकवानपुरका  सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, लक्ष्मी थिङ लगायतले मन्तव्य गरेका थिए   ।

  कार्यक्रममा  काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, ईन्दिरा न्यौपाने, वडा सभापति कृष्णबहादुर थिङ, नेविसंघ अध्यक्ष राजु खतिवडा, ट्रेड युनियन अध्यक्ष कुमार पौडेल, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, तरुण दल सचिव सचित थापा, प्रेस युनियन सहसचिव सुजन विडारी, तरुण क्षेत्रीय अध्यक्ष संजय श्रेष्ठ, गणेशहरि उप्रेती, युद्ध थापालगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा  काँग्रेसका पुराना ४ नेतालाई सम्मान समेत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार