२३ चैत,हेटौंडा।पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका छन ।
नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन गर्दै प्रमुख अतिथि डा. महतले देशैभर निर्वाचनमा प्राविधिक कारणवस काँग्रेसको हार भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर लोकतन्त्रको रक्षा गरेको बताए ।
नेता डा. महतले नेपालको ईतिहासमा सामाजिक र आर्थिक क्रान्तिको सुरुवात काँग्रेसले गरेको र अहिले त्यही नीति कम्युनिष्टहरुले अवलम्बन गरेको बताउनुभयो । बाम गठबन्धनका अर्थमन्त्रीले गलत श्वेतपत्र जारी गरेको भन्दै अहिलेपनि २ सय ८१ अरब भन्दाबढी रकम बैंकमा रहेको बताए ।
त्यस्तै केन्द्रीय सदस्य श्याम घिमिरेले बाम गठबन्धनलाई अझैपनि अन्र्तराष्ट्रिय शक्तिहरुले पत्याउन नसकेको बताउनुभयो । पार्टी र सत्ता संचालनमा काँग्रेसले कमीकमजोरी गरेकै कारण हार व्यहोरेको भन्दै घिमिरेले अव काँग्रेस सुध्रिएर नयाँ शिराबाट पार्टी अगाडी बढ्ने बताए।
काँग्रेस पुराना नेता अर्जुन थिङ्को सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेलामा काङ्ग्रेस मकवानपुरका सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, लक्ष्मी थिङ लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, ईन्दिरा न्यौपाने, वडा सभापति कृष्णबहादुर थिङ, नेविसंघ अध्यक्ष राजु खतिवडा, ट्रेड युनियन अध्यक्ष कुमार पौडेल, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, तरुण दल सचिव सचित थापा, प्रेस युनियन सहसचिव सुजन विडारी, तरुण क्षेत्रीय अध्यक्ष संजय श्रेष्ठ, गणेशहरि उप्रेती, युद्ध थापालगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा काँग्रेसका पुराना ४ नेतालाई सम्मान समेत गरिएको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

