Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अर्थमन्त्री वाग्ले भारत प्रस्थान

swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान नयाँदिल्लीतर्फ लागेका हुन्।
भ्रमणका क्रममा मन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम छ। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाटमा उनी सहभागी हुनेछन्।
त्यस्तै, शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ता र दिल्ली स्कुल अफ इकोनोमिक्सको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ । अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कनेछन्।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार