२६ चैत, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा बैशाख १ गतेदेखि ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ हुने भएको छ । नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महायज्ञका संयोजक अजेयराज सुमार्गीले सामाजिक सद्भाव, भाईचारा अभिबृद्धि र जातीय विभेदको अन्त्यका लागि महायज्ञको आयोजना गरिएको जानकारी दिए । २०६० सालबाट शुरु भएको महायज्ञको यो चौथो पटक हो । ५ लाख भक्तजनको सहभागिता रहने महायज्ञमा करिव ५० हजार बढिलाई सामुहिक भोजनको व्यवस्था गरिएको जनाईएको छ । ६० देखि ६५ लाख रुपैँया महायज्ञ व्यवस्थापनका लागि खर्च हुने र ६० देखि ६५ लाख रुपैँया नै बचत हुने अनुमान गरिएको संयोजक सुमार्गीको भनाई छ ।
अन्य महायज्ञ जस्तो आर्थिक सहयोगका लागि महायज्ञ आयोजना नगरिएको बताउँदै शुभेच्छुक, शुभचिन्तकबाट प्राप्त सहयोग ग्रहण गर्ने उनको भनाई छ । बचत रकमबाट गोरक्षेश्वर दिव्यधाम क्षेत्रको विकासमा खर्च गरिने जनाईएको छ । यसअघिको महायज्ञबाट बचत भएको रकमबाट दिव्यधाममा पूर्वाधार, गुरुकुल संचालन लगायतका काम भईरहेको बताउँदै गोरक्षेश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले यस पटकको महायज्ञबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कथावाचक देवी प्रतिभा पराजुलीबाट कथावाचन हुने महायज्ञमा मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्य, स्वामी हेमानन्द गिरी, ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, एनआरएन सम्बद्ध व्यक्तित्वसहित आधात्मिक एवं सामाजिक क्षेत्रका महानुभावको सहभागिता रहने महायज्ञ मूल समारोह समितिका महासचिव ह्याग्रिव आर्चायले जानकारी दिए । महायज्ञमा खैजडि भजन प्रतियोगिता हुने जनाउँदै महासचिव आचार्यले प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैँया प्राप्त गर्ने जनाईएको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















