२७ चैत,हेटौंडा । नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औं वर्षको अवसर पारेर संस्थाको जिल्ला शाखा मकवानपुरले सोमबार र मंगलबार जिल्लाका दुई स्थानमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मकवापुरको उतरी क्षेत्र फाखेल र कुलेखानीमा गरी ७ सय ४० महिलाको परीक्षणसहित उनीहरुलाई सल्लाह र औषधी पनि निःशुल्क वितरण गरिएको जिल्ला सभापति कपिला जोशीले जानकारी दिइन् । फाखेलमा भएको शिविरमा २ महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम देखिएको पाइएको थियो । २२ र ३० वर्ष उमेरका महिलामा यस्तो जोखिम देखिएको थियो ।
फाखेलमा परीक्षणमा आएका महिलामध्ये ८० प्रतिशतमा पाठेघरको संक्रमण देखिएको थियो । त्यहा ३ जनामा आंग खस्ने समस्या देखियो भने पाठेघरमा मासु पलाएको ३ जनामा देखिएको सभापति जोशीले जानकारी दिइन् । १ जनामा स्तनमा संक्रमण पाइएको थियो । कुलेखानीमा भएको शिविरमा पाठेघरमा मासु पलाएका ४ जना र स्तनमा संक्रमण १ महिलामा देखिएको थियो । अधिकांशको पाठेघरमा समस्या देखिएको पाइएको छ ।
फाखेल हेल्थपोष्टमा शुरु शिविरको उद्घाटन इन्द्रसरोवर गाउपालिका अध्यक्ष जीवन लामाले गरेका थिए भने आयोजक संस्था सभापति जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । वडा नम्बर ४ अध्यक्ष धनवीर स्यांतान, गाउपालिका प्रशासन अधिकृत शैलेन्द्र भण्डारी, सहयोगी बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल भरतपुरका प्रिभेन्स डिपार्टमेन्ट प्रमुख डा. किशोर प्रधानांगलगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा ६ स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए ।
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...












-1786686763.jpg)


-1786539267.jpg)

