Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस नेता खड्काप्रति श्रद्धाञ्जली

FB_IMG_1523456705969-1523457929.jpg

२८ चैत,हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री तथा नेपाल सरकारको पूर्व गृहमन्त्री  स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।

मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेता खड्काको निधनले मुलुकको राजनीतिकै लागि ठूलो क्षति भएको बताउँदै प्रजातन्त्रका लागि आजिवन संघर्ष गर्नुभएको नेता खड्काको आत्माले शान्ति पाओस भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । 

श्रद्धाञ्जली सभा बोल्दै प्रदेशसभा सदस्य विजुला बर्मा, पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, नेविसंघ सभापति राजु खतिवडाले खड्काले  लोकतान्त्रिक आन्दोलनमा महत्वर्ण भूमिका खेलेका खड्काले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुको साथै पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रूपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

 श्रद्धाञ्जली सभामा ३ नम्बर प्रदेश सभा सदस्यहरु निमा लामा, छिरिङ दोर्जे लामा, पुकार महर्जन, सन्तबहादुर प्रजा, काँग्रेस मकवानपुर उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, प्रभात दाहाल, जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

खड्काको चैत १६ गते शुक्रबार साँझ  भारतमा निधन भएको हो । २००८ साल जेठ १२ गते दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिनुभएका उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार