Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा फाइनल यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविन मलानले अविजित ७१ रन बनाए । जवाफमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।
सुदूरपश्चिमको जितमा थरिन्दुले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । बलिङतर्फ पनि २ विकेट लिएका थरिन्दुले अन्तिम ओभरमा विजयी चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्‍याए ।
सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर विनोद भण्डारीले १३ बलमा २३ रन बनाए पनि जर्ज मन्से ८ रनमा आउट भए । त्यसपछि स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५ रनमा ४ विकेट गुमाएको कठिन अवस्थामा पुगेको थियो ।
त्यसपछि थरिन्दुले कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग महत्त्वपूर्ण साझेदारी गरे । उनले पाँचौँ विकेटका लागि दीपेन्द्रसँग ३१ रन तथा छैटौँ विकेटका लागि आरिफसँग २६ रनको साझेदारी गरे । दीपेन्द्रले १५ र आरिफले १० रन बनाए ।
एकपछि अर्को विकेट गुमिरहेको अवस्थामा थरिन्दुले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।
चितवनका लागि रन्जित कुमारले २ विकेट लिँदा कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको चितवनका लागि डाविन मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाएका थिए । उनले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारी गरे । सलाउद्दिनले १६ बलमा १८ तथा कमलसिंह ऐरीले ८ बलमा १० रन जोडे ।
चितवनका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अवसर सदुपयोग गरेको सुदूरपश्चिमले अब शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार