१ बैशाख, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा शनिबारदेखि बैशाख ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ शुरु भएको छ ।
नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले महायज्ञको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले स्वतन्त्र रुपमा धर्म मान्न पाउनुपर्नेमा जोड दिए । उनले कर बलले धर्म परिवर्तनको विरोध गर्नुपर्ने बताउँदै आस्था र विश्वासलाई कसैले रोक्न नसक्ने धारणा राखे । आफुहरुले पनि विगतमा धर्म मान्नु हुँदैन भनेपनि रोक्न नसकेको स्मरण गर्दै उनले आस्था र विश्वासमा कसैको अवरोध हुन नसक्ने बताए । सकारात्मक काम नै धर्म भएको भन्दै सकारात्मक कामले देश समृद्धि हुने मूख्यमन्त्री पौडेलको भनाई छ ।
महायज्ञ मूल समारोह समितिका संयोजक अजेयराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु रामनारायण विडारी, रामचन्द्र राई, ३ नम्बर प्रदेश कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्यहरु गिता वाग्ले, कुमारी मोक्तान, पूर्व मन्त्री कर्णबहादुर थापा, १० नम्बर वडा सदस्य ईन्द्र नेपाल, कथा वाचक देवीप्रतिभा पराजुली, नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष विश्वकान्त मैनाली, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, ब्रम्हकुमारी राजयोग हेटौँडाकी संचालिका सुशिला दिदी, महायज्ञ मूल समारोह समितिका महासचिव ह्याग्रिव आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि विहान ५० हजार भक्तजनको सहभागितामा गोरक्षेश्वर दिव्यधाम राप्तितटबाट शुरु भई मेनरोड, उद्योग बाणिज्य संघ चोक, संगम चोक, स्कूलरोड हुँदा बजार परिक्रमा गरी कलश यात्रा महायज्ञस्थलमा पुगेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

