Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

महायज्ञमा भक्तजनको सहभागिता बढ्दो

Mahayagya-Photo-1523803097.jpg

२ बैशाख, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा शनिबारदेखि शुरु भएको नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञमा भक्तजनहरुको सहभागिता बढ्दो छ । बैशाख ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञमा मकवानपुरका साथै छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुको सहभागिता बढिरहेको हो । 
नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिका अनुसार महायज्ञमा कथाश्रवणका लागि मकवानपुरका विभिन्न क्षेत्रका साथै चितवन, बारा, पर्सा, रौटहटसम्मका भक्तजनहरुको सहभागिता रहेको छ । प्रत्येक ५ बर्षमा हुने महायज्ञमा सामाजिक, धार्मिक, राजनीतिक एवं आर्थिक क्षेत्रका व्यक्तित्वको समेत उपस्थिति रहेको महायज्ञ मूल समारोह समितिका संयोजक अजेयराज सुमार्गीको भनाई छ । सबै क्षेत्रलाई एकताको सुत्रमा बाँध्ने अवसरको रुपमा महायज्ञलाई लिईएको उनको भनाई छ । 
५० हजारभन्दा बढि भक्तजनको सहभागितामा कलशयात्रा सहित शुभारम्भ भएको महायज्ञमा दैनिक सामुहिक भोजन, झाँकी, भजन लगायतका आकर्षण रहेको छ । महायज्ञमा संस्कृति संरक्षण गर्ने उद्धेश्यले खैजडी भजन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता महायज्ञ अवधिभर संचालन हुने महायज्ञ मूल समारोह समितिका महासचिव हयाग्रिव आचार्यले बताए । प्रतियोगिताको पहिलो दिन श्रीराम हनुमान आरधाना मण्डल बसामाडि र चुच्चेखोला लोक खैजडी भजन समूह हेटौँडा–६ बीच प्रतिष्पर्धा भएको आचार्यले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

थप समाचार