Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महायज्ञमा भक्तजनको सहभागिता बढ्दो

Mahayagya-Photo-1523803097.jpg

२ बैशाख, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा शनिबारदेखि शुरु भएको नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञमा भक्तजनहरुको सहभागिता बढ्दो छ । बैशाख ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञमा मकवानपुरका साथै छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुको सहभागिता बढिरहेको हो । 
नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिका अनुसार महायज्ञमा कथाश्रवणका लागि मकवानपुरका विभिन्न क्षेत्रका साथै चितवन, बारा, पर्सा, रौटहटसम्मका भक्तजनहरुको सहभागिता रहेको छ । प्रत्येक ५ बर्षमा हुने महायज्ञमा सामाजिक, धार्मिक, राजनीतिक एवं आर्थिक क्षेत्रका व्यक्तित्वको समेत उपस्थिति रहेको महायज्ञ मूल समारोह समितिका संयोजक अजेयराज सुमार्गीको भनाई छ । सबै क्षेत्रलाई एकताको सुत्रमा बाँध्ने अवसरको रुपमा महायज्ञलाई लिईएको उनको भनाई छ । 
५० हजारभन्दा बढि भक्तजनको सहभागितामा कलशयात्रा सहित शुभारम्भ भएको महायज्ञमा दैनिक सामुहिक भोजन, झाँकी, भजन लगायतका आकर्षण रहेको छ । महायज्ञमा संस्कृति संरक्षण गर्ने उद्धेश्यले खैजडी भजन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता महायज्ञ अवधिभर संचालन हुने महायज्ञ मूल समारोह समितिका महासचिव हयाग्रिव आचार्यले बताए । प्रतियोगिताको पहिलो दिन श्रीराम हनुमान आरधाना मण्डल बसामाडि र चुच्चेखोला लोक खैजडी भजन समूह हेटौँडा–६ बीच प्रतिष्पर्धा भएको आचार्यले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार