Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री ओली ‘लम्पसारवादी’ नेता : देउवा

IMG_9897-1523884589.JPG


३ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारबादी नेताको संज्ञा दिएका छन् । 
नेपाल तरुण दलले हेटौँडामा गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले ओली राष्ट्रवादी नेता हुनै नसक्ने बताएका हुन् । उनले हिमाल पहाड र मधेशलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए । उनले ओलीको देखावटी राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको बताए । ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि अधिनायकवादको विकास गर्न उद्धत भएको उनको आरोप छ । 
उनले देशको निकासका लागि तीन तहको निर्वाचन आवश्यक रहेकाले नेपाली कांग्रेसले त्यसलाई प्राथमिकतामा राखेको भन्दै देशले निकास पाएमा आफुलाई खुशी लागेको बताए । दुई कम्प्युनिष्ट पार्टीहरु गठबन्धन बनाएर निर्वाचनमा गएकाले कांग्रेसले प्राविधिक रुपमा हारेपनि जनमतमा नहारेको देउवाको भनाई थियो । निर्वाचनमा अन्तरघात भएकाले नेपाली कांग्रेसले हारेको बताउँदै उनले अन्तरघातिको पहिचान गरी कारवाही गरिने बताए । उनले कांग्रेसलाई देशको पहिलो पार्टी बनाएरमात्रै विश्राम लिने बताए ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदयशम्शेर राणा, लक्ष्मी परियार, रामकृष्ण यादव, ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, तरुण दलका नेताहरु, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार