४ असोज, हेटौंडा । विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारी मंगलबार नेपाल विद्युत प्राधिकरण हेटौंडाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई रहेका छन् । चौलागाई प्राधिकरणको इलेक्ट्रिसियन पदबाट ६ महिना अघि अवकास प्राप्त कर्मचारी हुन् । उनीहरु दुबैलाई प्राधिकरणको कम्पाण्ड बाहिर पक्राउ गरेको अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । घुस कारोबारको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।
हेटौंडा चिसापानीमा कपास बनाउने उद्योगमा मिटर जडानका लागि घुस मागेपछि अख्तियार क्षेत्रीय कार्यालय हेटौंडासंग समन्वय गरेको जनाईएको छ । कर्मचारीले उद्योगी सुवास दाहाल र राजु दुलाललाई ३२ हजार रूपैयाँ दिए दुई दिनमै मिटर जडान गरिदिने बताएका थिए । घुस मागेको जानकारी उद्योगीहरुले दिएपछि पक्राउ गर्न आफुहरुले समन्वय गरेको विप्लव माओवादी मकवानपुरका नेता गोकुल दाहालले बताए । तस्विर सौ. – गोकुल दाहाल
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















