Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघको स्थापना दिवसमा विविध कार्यक्रम

Sahayog-1524130452.jpg

६ बैशाख, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्नो ४९ औं स्थापना दिवसमा विहिबार विविध कार्यक्रम गरेको छ ।
नेविसंघ मकवानपुर अध्यक्ष राजु खतिवडाको सभाध्यक्षता, जिल्ला सदस्य कबिता बर्तौलाको संयोजन तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा हेटौंडा–५ सिंचाई टोलमा रहेको हाम्रो घर बाल गृहका ३२ अनाथ बालबालिकाहरुलाई खाद्यान्न, फलफुल, स्टेशनरी सामान र नगद रकम संस्थाकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
नेविसंघको स्थापना दिवसमा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलायरले बालबालिका राख्न बालगृहलाई सहज होस् भन्ने उद्देश्यले आफ्नो कमाईबाट नगद २५ हजार रुपियाँसमेत हस्तारण गरेका थिए ।
स्थापना दिवसकै अवसरमा नेविसंघ ३ क्षेत्रीय कार्यसमितिले हेटौंडा अस्पतालमा ६८ जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलायरको प्रमूख आतिथ्यतामा विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
त्यस्तै नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा विहिबार नै बनविज्ञान अध्ययन संस्थान ईकाई समितिले रक्तदान कार्यक्रम गरेको छ । ईकाई सभापति पंकज कुमार ठाकुरको सभाध्यक्षता तथा केन्द्रीय सदस्य बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा अतिथिहरु काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, ३ नम्बर प्रदेश सदस्य सन्तबहादुर प्रजा, पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, सदस्य सुनिल दाहाल, नगर सभापति आनन्दराम पराजुली, दीनेश उपाध्याय, लक्ष्मण सुवेदी, तीर्थ पराजुली, ईश्वर पण्डित, राप्रपा नेता सिताराम बर्तौला, पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन अध्यक्ष रुपेश दुलाल, सहसचिव सुजन विडारीलगायत विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार