Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघको स्थापना दिवसमा विविध कार्यक्रम

Sahayog-1524130452.jpg

६ बैशाख, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्नो ४९ औं स्थापना दिवसमा विहिबार विविध कार्यक्रम गरेको छ ।
नेविसंघ मकवानपुर अध्यक्ष राजु खतिवडाको सभाध्यक्षता, जिल्ला सदस्य कबिता बर्तौलाको संयोजन तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा हेटौंडा–५ सिंचाई टोलमा रहेको हाम्रो घर बाल गृहका ३२ अनाथ बालबालिकाहरुलाई खाद्यान्न, फलफुल, स्टेशनरी सामान र नगद रकम संस्थाकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
नेविसंघको स्थापना दिवसमा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलायरले बालबालिका राख्न बालगृहलाई सहज होस् भन्ने उद्देश्यले आफ्नो कमाईबाट नगद २५ हजार रुपियाँसमेत हस्तारण गरेका थिए ।
स्थापना दिवसकै अवसरमा नेविसंघ ३ क्षेत्रीय कार्यसमितिले हेटौंडा अस्पतालमा ६८ जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलायरको प्रमूख आतिथ्यतामा विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
त्यस्तै नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा विहिबार नै बनविज्ञान अध्ययन संस्थान ईकाई समितिले रक्तदान कार्यक्रम गरेको छ । ईकाई सभापति पंकज कुमार ठाकुरको सभाध्यक्षता तथा केन्द्रीय सदस्य बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा अतिथिहरु काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, ३ नम्बर प्रदेश सदस्य सन्तबहादुर प्रजा, पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, सदस्य सुनिल दाहाल, नगर सभापति आनन्दराम पराजुली, दीनेश उपाध्याय, लक्ष्मण सुवेदी, तीर्थ पराजुली, ईश्वर पण्डित, राप्रपा नेता सिताराम बर्तौला, पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन अध्यक्ष रुपेश दुलाल, सहसचिव सुजन विडारीलगायत विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार