Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनप्रतिनिधिहरु सबैको साझा हुनुपर्छः नेता बानियाँ

Indra-Bdr-Baniya-1524236184.jpg

७ बैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको क्रियाशिल भेलामा शुक्रबार बोल्दै नेता बानियाँले निर्वाचनमा कुनै एक पार्टीको पक्षबाट निर्वाचन उठेको भएपनि निर्वाचित भैसकेकपछि सबैको साझा जनप्रतिनिधि हुने भएकाले विकास र समृद्धिमा एकपक्षीय भएर काम गरे खबरदारी गर्न अनुरोध गरे ।
कांग्रेसको नीति कहिल्यै कमजामेर नभएको बताउँदै नेता बानियाँले रणनीतिमा केही कमजोरी देखिएकाले देशैभर हार व्योहोर्नुपरेको बताउँदै कांग्रेस जहिल्यै जनताको खुशी र समृद्धिमा लागिरहने बताए ।
कांग्रेसले बाहिर रहेको मधेशी दललाई मिलाएर गणतन्त्र, संविधान र तीन चरणको निर्वाचन सफल बनाएको कुरा कसैले भुल्न नहुने बताउँदै बाम गठबन्धनले निर्वाचनमा गरेका बाचा र प्रतिबद्धता पूरा गर्छ कि गर्दैन हेर्न आम कार्यकर्तालाई आग्रह गरे।
साविक भीमफेदी गाविस सभापति जब्बर सिं वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, मोमलाल दोङ, क्षत्रीय सचिव ओम बस्नेत, पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले संजिव श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय भीमफेदी गाउँपालिका स्तरीय तदर्थ समिति र ३ सदस्यीय सल्लाहकारमा मोमलाल दोङ, सुवर्ण सिं लामा र शान्ता विश्वकर्मालाई चयन गरेको छ ।

कांग्रेस हेटौंडा–१६ को शुभकामना आदानप्रदान
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ ले नयाँ वर्षको उपलक्ष्यमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
    हेटौंडा–१६ का सभापति एवं १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं पार्टीका उपसभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी, रामप्रसाद अधिकारी, बलराम पुलामी, निरन्जन दाहाल, धुब्र दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार