५ असोज, हेटौंडा । किर्ते कागजातबाट स्वास्थ्यकर्मी सरूवा प्रकरणमा बुधबार एक अधिकृत पक्राउ परेका छन् । प्रहरीले काठमाण्डौबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत बासु गजुरेललाई दिउँसो पक्राउ गरेको हो ।
उनलाई जोरपाटी अासपासबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो । पक्राउको पुष्टि गरेपनि नाम भने प्रहरीले दिन चाहेन । क्षेत्रीय कार्यालयमा गजुरेल एकमात्र शाखा अधिकृत रहेको निर्देशनालय स्रोतले बतायो । उनलाई काठमाडौंबाट हेटौंडा पठाउने प्रक्रिया थालिएको र विहिबार हेटौंडा अाईपुग्ने प्रहरीको भनाई छ ।
किर्ते कागजातका आधारमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद शाह र पर्सा सरुवा भएका हेल्थ असिष्टेन्ट राजकिशोर यादवलाई भदौ ३० गते प्रहरीले पक्राउ गरेको थियोे । उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरि मकवानपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनीहरू पक्राउ परेसंगै गजुरेल कार्यालयमा नअाई सम्पर्कविहिन थिए । उनलाई पक्राउ गरेपनि घटनामा संलग्नता भए नभएको अनुसन्धानबाट खुल्ने छ । शाखा अधिकृत पक्राउ परेसंगै घटनामा माथिल्लो तहका कर्मचारीसहित गिरोह संलग्न रहेको अाशंकालाई बल पुगेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















