८ बैशाख, हेटौंडा ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस कहिल्यै ऐतिहासिक जिम्मेवारी पूरा गर्न नचुक्ने भन्दैै जिम्मेवारी बहन गर्ने पार्टी भएको बताए छन ।
मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका १७ को संयुक्त क्रियाशिल भेलालाई शनिबार संवोधन गर्दै नेता बानियाँले राणा हटाउने, राजा हटाई गणतन्त्र ल्याउने, मधेशी जनता र दल मिलाएर संविधान ल्याउने र तीनै चरणको निर्वाचन काँग्रेसको नेतृत्वले गरेकोले काँग्रेस ऐतिहासिक जिम्मेवारीबाट कहिल्यै नपन्छिने बताएका हुन।
काँग्रेस आफूले गरेका प्रतिबद्धता र बाचा पूरा गर्ने पार्टी भएकोले एकपटक निर्वाचनमा प्राविधिक कारणले हार्दैमा हत्तोत्साहित नहुन कार्यकर्तामा आग्रह गर्दै प्रमूख अतिथि बानियाँले काँग्रेस लोकतन्त्र र जनतालाई अन्तिम सत्य मान्ने पार्टी भएकाले जनतामा गएर आफ्ना विचार र गरेका कार्यको बारेमा बुझाउन आग्रह गर्नुभयो ।
काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमूख सचेतक राधा घलेले बाम गठबन्धनले काम कम र विज्ञापन बढी गर्ने गरेका र काँग्रेसीहरु काम बढी विज्ञापन कम गरेकाले पनि धेरै ठाउँमा हार व्योहोर्नु परेको बताएका छन् ।बुलेटमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउन सक्षम काँग्रेसी नेता कार्यकर्ताहरुले अवका दिनमा जनतामा गएर आफू र पार्टीले समाज र देश विकाशमा गरेको काम र योगदानको बारेमा बताउनुपर्ने बताउँदै प्रमूख सचेतक घलेले पार्टी अफ्ठ्यारोमा परेको बेला मेहनत अलि बढी गर्न आग्रह गर्नुभयो ।
साविक गढी गाविस सभापति राजविर मोक्तान सभाध्यक्षतामा भएको क्रियाशिल भेलामा अतिथिहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, अर्जुन दाहाल, क्षेत्रीय सभापतिद्वय दामोदर खनाल र यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, दोर्जे लामा, मन्दिरा केसी, बलराम घिमिरेलगायतले बोल्नुभएको थियो ।
भेलाले हेटौंडा उपमहानगरपालिका १७ मा धुर्वप्रसाद दुलालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति, गढी गाउँपालिकामा दोर्जे लामा स्याङतानको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति र हेटौंडा १७ मा दीपक थापाको संयोजकत्वमा ९ सदस्यीय तरुण तदर्थ समिति गठन गरेको छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




