८ बैशाख, हेटौंडा ।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस कहिल्यै ऐतिहासिक जिम्मेवारी पूरा गर्न नचुक्ने भन्दैै जिम्मेवारी बहन गर्ने पार्टी भएको बताए छन ।
मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका १७ को संयुक्त क्रियाशिल भेलालाई शनिबार संवोधन गर्दै नेता बानियाँले राणा हटाउने, राजा हटाई गणतन्त्र ल्याउने, मधेशी जनता र दल मिलाएर संविधान ल्याउने र तीनै चरणको निर्वाचन काँग्रेसको नेतृत्वले गरेकोले काँग्रेस ऐतिहासिक जिम्मेवारीबाट कहिल्यै नपन्छिने बताएका हुन।
काँग्रेस आफूले गरेका प्रतिबद्धता र बाचा पूरा गर्ने पार्टी भएकोले एकपटक निर्वाचनमा प्राविधिक कारणले हार्दैमा हत्तोत्साहित नहुन कार्यकर्तामा आग्रह गर्दै प्रमूख अतिथि बानियाँले काँग्रेस लोकतन्त्र र जनतालाई अन्तिम सत्य मान्ने पार्टी भएकाले जनतामा गएर आफ्ना विचार र गरेका कार्यको बारेमा बुझाउन आग्रह गर्नुभयो ।
काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमूख सचेतक राधा घलेले बाम गठबन्धनले काम कम र विज्ञापन बढी गर्ने गरेका र काँग्रेसीहरु काम बढी विज्ञापन कम गरेकाले पनि धेरै ठाउँमा हार व्योहोर्नु परेको बताएका छन् ।बुलेटमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउन सक्षम काँग्रेसी नेता कार्यकर्ताहरुले अवका दिनमा जनतामा गएर आफू र पार्टीले समाज र देश विकाशमा गरेको काम र योगदानको बारेमा बताउनुपर्ने बताउँदै प्रमूख सचेतक घलेले पार्टी अफ्ठ्यारोमा परेको बेला मेहनत अलि बढी गर्न आग्रह गर्नुभयो ।
साविक गढी गाविस सभापति राजविर मोक्तान सभाध्यक्षतामा भएको क्रियाशिल भेलामा अतिथिहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, अर्जुन दाहाल, क्षेत्रीय सभापतिद्वय दामोदर खनाल र यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, दोर्जे लामा, मन्दिरा केसी, बलराम घिमिरेलगायतले बोल्नुभएको थियो ।
भेलाले हेटौंडा उपमहानगरपालिका १७ मा धुर्वप्रसाद दुलालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति, गढी गाउँपालिकामा दोर्जे लामा स्याङतानको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति र हेटौंडा १७ मा दीपक थापाको संयोजकत्वमा ९ सदस्यीय तरुण तदर्थ समिति गठन गरेको छ ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



