१० बैशाख, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता गुरु घिमिरेले नेपाली काँग्रेस नेपाली राजनीतिक ईतिहाँसको बादशाह रहेको बताएका छन ।
काँग्रेस हेटौंडा उपमहानगर समितिको दोश्रो नगर भेलामा सोमबार बोल्दै केन्द्रीय सदस्य घिमिरेले ईतिहासँदेखि अहिलेसम्म जतिपनि परिवर्तन सबै काँग्रेसको नेतृत्वमा मात्रै भएकोले काँग्रेस सधैं बादशाहको रुपमा स्थापित रहेको बताउनुभयो ।
काँग्रेसले खुला अर्थनीति ल्याएपछि मेडिकल, संचार, सडक, विद्युत, एयरपोर्टलगायतका काम गरेपनि जनतामा प्रचार गर्न नसकेको बताउँदै नेता घिमिरेले एमाले ५१ सालदेखि एउटै बृद्धभत्ताको रटान गर्दै भोट तान्न लिप्त रहेको बताए ।
अन्र्तराष्ट्रीय समुदायले पत्याएका नेपाली नेता भनेका काँग्रेसको मात्रै रहेको बताउँदै प्रखरबक्ता घिमिरेले संसारका कुनैपनि कम्युनिष्ट पार्टीहरु राष्ट्रवादी नभएको टिप्पणी गर्नुभयो । काँग्रेसको नेतृत्वमा राजातन्त्र फालेर गणतन्त्र ल्याई, संविधान निर्माण र आफू हारेपनि तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्र र संघियताको रक्षा गरेको बताए ।
नेपाली काँग्रेसलाई ७४ साल खुशी र पीडादायी दुवै भएको भन्दै अब विगत भुलेर संगठन निर्माण र काँग्रेसले गरेका सकरात्मक कुराहरु आम जनतामा पु¥याउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । त्यस्तै नेपाली काँग्रेसका सभापति, पूर्व गृहराज्यमन्त्री एवं पार्टीका मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले गोली हानेर मान्छे मार्दै हिड्ने टाउको काटेर हिड्ने कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक धारमा ल्याउने काँग्रेसनै भएको बताउँदै निरन्तर संघर्ष गरेको काँग्रेस पार्टीका नेता पद्धतीमा विश्वास गर्ने बताउनुभयो ।
नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य एवं काँग्रस ३ नम्बर संसदीय दलका प्रमूख सचेतक राधा घले, प्रजातान्त्रिक सभाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसी, निवर्तमा सभापति रघुरमण न्यौपाने, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य दीनेश उपाध्याय, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, नगर कोषाध्यक्ष कविन सांगामी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने नगर सचिव दीपक खतिवडाले प्रतिवेदन पेश गरेका थिए ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

