फोटोः सुनिल प्रस्ट खबर
१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु सिण्डीकेटका अन्तय गरेसंगै आन्दोलनरत यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ सस्थाको संयुक्त यातायात आन्दोलन परिचालन समितीले साझा यातायात सिध्याउने सरकारले सिङेगो यातायात क्षेत्र धरासायी वनाएको भन्दै यातायात व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनि दिएको छ ।
बुधबार हेटौडामा संयुक्त यातायात आन्दोलन परिचालन समितीले आयोजना गरेको बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधीहरुले यसो बताएका हुन ।
बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष बिजय कुमार स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीलाई सिध्याउने खेलमा लागेको भन्दै सरकारले जारी गरेको यातायात सम्बन्धि निर्देशिका गैर लोकलान्त्रीक भएको बताए । उपाध्यक्ष स्वाँरले जनआन्दोलनमा यातायात व्यवसायीले गाडी घरमा थन्काएर लोकतन्त्र ल्याउन सहयोग गरेको तर सत्तामा पुगेर प्रधानमन्त्री ओलीले हैकमबाद लादन खोजेको भन्दै प्रधानमन्त्री ओली अधिनायकबाद तिर लम्केको बताए ।
त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले यातायात व्यवसायी माथी राजनिती गर्न खोजेको भन्दै साझा यातायात सिध्याउने सरकारले कसरी व्यवसायीको हक हितको रक्षा गर्न सक्छ भन्दै अब व्यवसायी चुप लागेर बस्न नसक्ने बताए । उनले संघमा आवद्व यातायात व्यवसायीले समर्थन नगरे संघको सेवा सुविधाबाट बञ्चित गरिन संघ बाध्य हुने बताए ।
त्यसैगरी कार्यक्रममा यातायात कर्मचारी युनियन महासंघका बरिष्ठ उपाध्यक्ष समुन्द्र खड्काले यातायात व्यवसायीले सरकार कर तिरदैनन भन्ने सरकारको आरोपमा कटाक्षय गर्दै यातायात व्यवसायीले तलब भत्ताबाट प्रत्येक महिना १ प्रतिशत कर तिरेको प्रमाण सुरक्षित रहेको भन्दै अब तिरेको करको सरकारसंग हर हिसाब खोज्नु पर्ने समय आएको बताए ।
केन्द्रिय आन्दोलन समितीका संयोजन बद्रि प्रसाद चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य प्रदिप गिरी , टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की , मध्यमाञ्चल पेट्रोलियम ढुवानि व्यवसायी संघका अध्यक्ष दिपक शिवाकोटी , मध्यमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष रबिन्द्र पोख्रेल, नारायणी यातायात व्यवसायी संघका कानुनि सल्लाहाकार ईश्वरलाल ढकाल लगायतले सरकारले यातायात क्षेत्रमा लगाएको सिण्डिकेट र संघ संस्था खोरेजि संविधान विपरित भएकौ भन्दै सरकारले नेपालमा बेरोजगार उत्पादन गर्ने बताएका थिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















