फोटोः सुनिल प्रस्ट खबर
१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु सिण्डीकेटका अन्तय गरेसंगै आन्दोलनरत यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ सस्थाको संयुक्त यातायात आन्दोलन परिचालन समितीले साझा यातायात सिध्याउने सरकारले सिङेगो यातायात क्षेत्र धरासायी वनाएको भन्दै यातायात व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनि दिएको छ ।
बुधबार हेटौडामा संयुक्त यातायात आन्दोलन परिचालन समितीले आयोजना गरेको बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधीहरुले यसो बताएका हुन ।
बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष बिजय कुमार स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीलाई सिध्याउने खेलमा लागेको भन्दै सरकारले जारी गरेको यातायात सम्बन्धि निर्देशिका गैर लोकलान्त्रीक भएको बताए । उपाध्यक्ष स्वाँरले जनआन्दोलनमा यातायात व्यवसायीले गाडी घरमा थन्काएर लोकतन्त्र ल्याउन सहयोग गरेको तर सत्तामा पुगेर प्रधानमन्त्री ओलीले हैकमबाद लादन खोजेको भन्दै प्रधानमन्त्री ओली अधिनायकबाद तिर लम्केको बताए ।
त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले यातायात व्यवसायी माथी राजनिती गर्न खोजेको भन्दै साझा यातायात सिध्याउने सरकारले कसरी व्यवसायीको हक हितको रक्षा गर्न सक्छ भन्दै अब व्यवसायी चुप लागेर बस्न नसक्ने बताए । उनले संघमा आवद्व यातायात व्यवसायीले समर्थन नगरे संघको सेवा सुविधाबाट बञ्चित गरिन संघ बाध्य हुने बताए ।
त्यसैगरी कार्यक्रममा यातायात कर्मचारी युनियन महासंघका बरिष्ठ उपाध्यक्ष समुन्द्र खड्काले यातायात व्यवसायीले सरकार कर तिरदैनन भन्ने सरकारको आरोपमा कटाक्षय गर्दै यातायात व्यवसायीले तलब भत्ताबाट प्रत्येक महिना १ प्रतिशत कर तिरेको प्रमाण सुरक्षित रहेको भन्दै अब तिरेको करको सरकारसंग हर हिसाब खोज्नु पर्ने समय आएको बताए ।
केन्द्रिय आन्दोलन समितीका संयोजन बद्रि प्रसाद चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य प्रदिप गिरी , टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की , मध्यमाञ्चल पेट्रोलियम ढुवानि व्यवसायी संघका अध्यक्ष दिपक शिवाकोटी , मध्यमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष रबिन्द्र पोख्रेल, नारायणी यातायात व्यवसायी संघका कानुनि सल्लाहाकार ईश्वरलाल ढकाल लगायतले सरकारले यातायात क्षेत्रमा लगाएको सिण्डिकेट र संघ संस्था खोरेजि संविधान विपरित भएकौ भन्दै सरकारले नेपालमा बेरोजगार उत्पादन गर्ने बताएका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



