१३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आफुलाई खर्च गर्ने बजेट ल्याएपनि जनताका लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन् । उनीहरुले प्रदेश सरकारको पहिलो बजेट जनताको हितमा नआएको भन्दै विरोध गरेका हुन् ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको आय र व्यय विवरण र विनियोजन विधेयमाथि छलफल गर्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, भुकम्प पीडिलाई राहत, महिला सशक्तिकरण, ठूला पूर्वाधार लगायतका क्षेत्रमा बजेट नआएको भन्दै विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षसहित विपक्षि दलका प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, विराजभक्त श्रेष्ठ, प्रभात तामाङ, निमा लामा, गिता वाग्ले, रमेश पौडेल, रिता माझी, रिना गुरुङ सुरेन्द्रराज गोसाई लगायतले सरकारले जनतालाई भन्दा आफुलाई मात्रै हेरेर आय व्यय अनुमान र विनियोजन विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए । सत्तापक्षी प्रदेशसभा सदस्यहरु रामकुमार अधिकारी, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, केशवराज पाण्डे, पशुपति चौलागाई, धनश्याम दाहाल लगायतले समय अभावका कारण बाध्यतात्मक अवस्थामा विकास बजेट नआएको भन्दै प्रदेश सरकारको बचाउ गरेका थिए ।
बजेट प्रस्तुत गर्नुभन्दा कम्तिमा १५ दिन अघि छलफल गर्नुपर्नेमा प्रदेशसभा संचालन नियमावलीका धारा १२९ (३), १३३ (१–५, ६–१०), १३४, १३५, १३६, १३७ र १३८ निलम्बन गरेर सोझै बजेट ल्याएको भन्दै प्रतिपक्ष प्रदेशसभाहरुले आपत्ति जनाएएका थिए । आय र व्ययको अनुमान र विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले आयव्यय विवरण र विनियोजन बजेट जनताका लागि भन्दा पनि सरकारले आप्mनो लागि मात्रै ल्याएको भन्दै विरोध गरेका थिए ।
प्रदेशसभा बैठकबाट ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयक आएसंगै चालु आवका लागि खर्चको बाटो खुलेको छ भने यसअघि गरेको खर्च समेत अनुमोदन भएको छ । विहिबारको बैठकको पहिलो सत्रमा मन्त्री ढुंगेलले प्रदेश सरकारको खर्च व्यवस्थापनका लागि प्रस्तुत आव २०७४/०७५ को आय र व्ययको अनुमान पनि सर्वसम्मत पारित भएको थियो । मन्त्री ढुंगेलले प्रस्तुत गरेको आय र व्यय अनुमानमा आयतर्फ संघीय सरकारले उपलव्ध गराएको समानिकरण अनुदानको १ अर्ब २ करोड ५ लाख रुपैँया र व्ययतर्फ चालु खर्च ५५ करोड ४८ लाख ६० हजार रुपैँया र पूँजिगत खर्चतर्फ ४६ करोड ५६ लाख ४० हजार रुपैँया रहेको छ ।
कार्यान्वयन गर्न संरचना तयार नभएको र समय अभावका कारण आयव्यय विवरणमा पूँजिगत खर्चका लागि विकासे योजना भने नरहेको ढुंगेलले जानकारी दिए । आय र व्यय वितरण प्रस्तुत गर्दै ढुंगेलले प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना, प्रदेश निजामति सेवा गठन, प्रादेशिक दुग्ध विकास बोर्ड गठन, योजना तथा कार्यक्रम संचालनका लागि प्रोजेक्ट बैंक तयार गर्ने, युवा बैज्ञानिक कोष र प्रदेश बाल उद्धार कोष स्थापना, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश निजामति कितावखाना स्थापना, सुरुङ मार्गजस्ता परियोजनाको सम्भाव्यता अध्ययन लगायतका कार्य अघि बढाउने बताए ।
बैठक बैशाख १४ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...





-1792888897.jpg)






-nepal-1792111426.jpg)




