१३ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बाम गठबन्धनले देश जनताको भलो हुने काम कहिल्यै नगर्ने बताए ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय भेलामा बोल्दै बानियाँले ५ वर्षभित्र बाम गठबन्धनले देश र जनताको हित हुने कुनै काम गर्न नसक्ने र कांग्रेसले विगतमा गरेको काम देखेर स्वतः जनताहरु ५ वर्षभित्र कांग्रेसलाई समर्थन गर्नेमा आफु ढुक्क रहेको बताए ।
नेपाली कांग्रेसले हेटौंडा ल्याएको प्रदेशको राजधानी काठमाडौं लैजान बाम गठबन्धन लागिरहेको बताउँदै नेता बानियाँले कांग्रेसले हेटौंडालाई स्थायी राजधानी बनाउन सशक्त ढंडले पहल गर्ने बताउँदै राजधानी सार्न खोजिए आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कांग्रेस गाउँजागरण अभियान लिएर बस्ती बस्तीमा जाने र पार्टी तथा पार्टीको भातृ तथा शुभेच्छुक संघसंस्थालाई चुस्तदुरुस्त बनाई टोल, गाउँ र नगरहरुमा चलायमान बनाउने बताए ।
१ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, भीमसेन महत, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य धर्मराज लामिछाने, नगर वडा सभापतिद्वय राजु बानियाँ र रामकृष्ण कोईराला, नेताहरु मिठाराम दाहाल, फणिन्द्र तिमल्सिना, नवराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



