Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश राजधानी काठमाडौं लैजान बाम गठबन्धन लागिपरेको छ : बानियाँ

congress-vela-13-bhaishak-1524755453.jpg

१३ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बाम गठबन्धनले देश जनताको भलो हुने काम कहिल्यै नगर्ने बताए ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय भेलामा बोल्दै बानियाँले ५ वर्षभित्र बाम गठबन्धनले देश र जनताको हित हुने कुनै काम गर्न नसक्ने र कांग्रेसले विगतमा गरेको काम देखेर स्वतः जनताहरु ५ वर्षभित्र कांग्रेसलाई समर्थन गर्नेमा आफु ढुक्क रहेको बताए ।
नेपाली कांग्रेसले हेटौंडा ल्याएको प्रदेशको राजधानी काठमाडौं लैजान बाम गठबन्धन लागिरहेको बताउँदै नेता बानियाँले कांग्रेसले हेटौंडालाई स्थायी राजधानी बनाउन सशक्त ढंडले पहल गर्ने बताउँदै राजधानी सार्न खोजिए आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कांग्रेस गाउँजागरण अभियान लिएर बस्ती बस्तीमा जाने र पार्टी तथा पार्टीको भातृ तथा शुभेच्छुक संघसंस्थालाई चुस्तदुरुस्त बनाई टोल, गाउँ र नगरहरुमा चलायमान बनाउने बताए । 
१ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, भीमसेन महत, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य धर्मराज लामिछाने, नगर वडा सभापतिद्वय राजु बानियाँ र रामकृष्ण कोईराला, नेताहरु मिठाराम दाहाल, फणिन्द्र तिमल्सिना, नवराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार