Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेश राजधानीबारे अध्ययन गर्न समिति गठन

IMG_0233-1524834028.JPG

१४ बैशाख, हेटौंडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले समिति गठनबारे जानकारी दिएका हुन् ।

प्रदेश राजधानीबारे निर्णय गर्न एकभन्दा बढि प्रस्ताव परेको भन्दै संविधान अनुसार समिति गठन गरेको जनाईएको छ । बैठकमा प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्न प्रदेशसभामा रहेका दलको सहभागिता हुने गरी १३ सदस्यीय समिति गठन गरेको जानकारी सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका थिए । । समितिमा एमालेका तर्फबाट दिपक निर्रौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, बिवेकशिलका बिराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दरराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् । समितिको संयोजक बैठकले तोक्ने छ भने प्रतिवेदन बुझाउने कार्यावधी कार्य प्रभारम्भ भएको मितिले बढिमा ४५ दिन हुने जनाईएको छ ।

यसअघि, बैठकमा सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले समृद्ध र व्यवस्थित ३ नम्बर प्रदेश निर्माण गर्ने उद्देश्य रहेको भन्दै यसमा सबै एकमत भएकोमा खुशी व्यक्त गरे । प्रदेशको विकास निर्माण, सामाजिक सुरक्षा र समृद्धिका लागि सबैको अथक प्रयास र मेहनतले समृद्ध र नमूना प्रदेश बनाउन सम्भव रहेको उनको भनाई थियो ।

प्रदेशसभा बैठकमा शुक्रबार मूख्यमन्त्री डोरमणी पौडेलले प्रस्तुत गर्नुभएको प्रदेश मामिला समितिको प्रतिवेदनसहितको गाउँ, नगर, जिल्ला सभा सञ्चालन सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । यस संगै ३ नम्बर प्रदेशको प्रथम अधिवेशन शुक्रबारबाट समाप्त भएको छ । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट कोइरालाबाट प्राप्त प्रदेशसभाको प्रथम अधिवेशन समाप्तिको पत्र पढेर सुनाएका थिए । यो अवधिमा १९ वटा बैठक भएको थियो भने ११ घण्टा ११ मिनेट ४५ सेकण्ड बैठक बसेको थियो । यो अवधिमा आधा दर्जन विधेयक पारित भएको सभामुख श्रेष्ठले जानकारी दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार