१४ बैशाख, हेटौंडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले समिति गठनबारे जानकारी दिएका हुन् ।
प्रदेश राजधानीबारे निर्णय गर्न एकभन्दा बढि प्रस्ताव परेको भन्दै संविधान अनुसार समिति गठन गरेको जनाईएको छ । बैठकमा प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्न प्रदेशसभामा रहेका दलको सहभागिता हुने गरी १३ सदस्यीय समिति गठन गरेको जानकारी सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका थिए । । समितिमा एमालेका तर्फबाट दिपक निर्रौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, बिवेकशिलका बिराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दरराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् । समितिको संयोजक बैठकले तोक्ने छ भने प्रतिवेदन बुझाउने कार्यावधी कार्य प्रभारम्भ भएको मितिले बढिमा ४५ दिन हुने जनाईएको छ ।
यसअघि, बैठकमा सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले समृद्ध र व्यवस्थित ३ नम्बर प्रदेश निर्माण गर्ने उद्देश्य रहेको भन्दै यसमा सबै एकमत भएकोमा खुशी व्यक्त गरे । प्रदेशको विकास निर्माण, सामाजिक सुरक्षा र समृद्धिका लागि सबैको अथक प्रयास र मेहनतले समृद्ध र नमूना प्रदेश बनाउन सम्भव रहेको उनको भनाई थियो ।
प्रदेशसभा बैठकमा शुक्रबार मूख्यमन्त्री डोरमणी पौडेलले प्रस्तुत गर्नुभएको प्रदेश मामिला समितिको प्रतिवेदनसहितको गाउँ, नगर, जिल्ला सभा सञ्चालन सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । यस संगै ३ नम्बर प्रदेशको प्रथम अधिवेशन शुक्रबारबाट समाप्त भएको छ । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट कोइरालाबाट प्राप्त प्रदेशसभाको प्रथम अधिवेशन समाप्तिको पत्र पढेर सुनाएका थिए । यो अवधिमा १९ वटा बैठक भएको थियो भने ११ घण्टा ११ मिनेट ४५ सेकण्ड बैठक बसेको थियो । यो अवधिमा आधा दर्जन विधेयक पारित भएको सभामुख श्रेष्ठले जानकारी दिएका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...





-1792888897.jpg)






-nepal-1792111426.jpg)




