६ असोज, हेटौँडा । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मकवानपुरमा ७ गाउँपालिका प्रस्ताव गरेको छ । जिविसका योजना अधिकृत किसान न्यौपाने नेतृत्वको प्राविधिक समितिले स्थानीय निकाय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएको प्रतिवेदनमा ७ गाउँ, १ नगर र १ उपमहानगरसहितको खाका पेश गरेको हो । समितिले राजनैतिक दलहरुले प्रस्ताव गरेको बैकल्पिक प्रतिवेदन समेत आयोगलाई बुझाएको छ ।
कस्तो छ त प्रतिवेदनमा स्थानीय तहको पुर्नसंरचनाको खाका ?
१) बागमति गाउँपालिका–राईगाउँ, फापरवारी र बेतिनि गाविस
२) बकैया गाउँपालिका–धियाल, शिखरपुर, छतिवन, मन्थली र ठिंगन गाविस
३) इन्द्रसरोवर गाउँपालिका– ईपा, कोगटे, सिस्नेरी, कुलेखानी, मार्ख र फाखेल गाविस
४) भीमफेदी गाउँपालिका– आमभञ्ज्याङ, सुकौरा, बुढिचौर, निबुवाटार, भैंसे, र भीमफेदी गाविस
५) बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका– नामटार, कालिकाटार, भार्ता, गोगने र डाँडाखर्क गाविस
६) राक्सिराङ गाउँपालिका– सरिखेत, राक्सिराङ, काँकडा र खैराङ गाविस
७) राप्तिदुन गाउँपालिका– मनहरी र हाँडिखोला गाविस
८) थाहा नगरपालिका– थाहा नगरका दामन, पालुङ, बज्रबाराहीसहित आग्रा, टिष्टुङ र चित्लाङ गाविस
९) हेटौँडा उपमहानगरपालिका–पुरानो हेटौँडा नगर, पछि थपिएका हटिया, हर्नामाडि, चुरियामाई, पदमपोखरी, बसामाडिसहित मकवानपुरगढी गाविस
राजनैतिक दलहरुले पुरानो इलाकालाई नै स्थानीय तह बनाउनुपर्नेदेखि १२ तहसम्मको प्रस्ताव गरेका छन् । समितिले भने स्थानीय तहमा आफुले छलफल गराएको खाका नै प्रतिवेदनको रुपमा बुझाएको छ । जिल्लास्थित प्राविधिक समितिको सिफारिसलाई आयोगले अन्तिम रुप दिई पुनः जिल्लामा छलफल हुने जनाईएको छ । स्थानीय तहमा भएका छलफलमा जनसंख्यालाई बढि महत्व दिईएको र भौगोलिक क्षेत्रलाई महत्व नदिएको गुनासो विभिन्न क्षेत्रका स्थानीयको रहेको छ । प्राविधिक समितिको प्रस्तावमा सुकौराका स्थानीय र आमभञ्ज्याङका पत्रकारले समेत असन्तुष्टि जनाएका थिए ।
तस्विर : जिविस मकवानपुर
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




