Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिण्डिकेट अन्त्य गरेरै छाड्ने गृहमन्त्री बादलको चेतावनी 

Badal1-1525155928.jpg

१८ बैशाख, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले सिण्डिकेट अन्त्य गरेरै छाड्ने चेतावनी दिएका छन् । उनले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको बताएका हुन् । 

३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै भ्रष्टाचार र सिण्डिकेट विकाससंग जोडिएको मुद्धा भएकाले अन्त्यका लागि सरकार अग्रसर रहेको बताए । उनले भ्रष्टाचार, सिण्डिकेट र तस्करी विकासका लागि बाधक रहेको भन्दै सरकार यसलाई समाप्त पार्न सरकार अग्रसर रहेको बताए । मन्त्री बादलले केही व्यवधान र विलम्ब भएपनि छिट्टै दुई पार्टी एकिकरण हुने दावि गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए । छिट्टै प्रधानमन्त्री केपि शर्मा ओलीले अर्को छिमेकी देशको भ्रमण गर्ने भन्दै उनले दुुई छिमेकीसंगको सुदृढ सम्बन्धले देश विकासमा सहयोग पुग्ने उनको भनाई छ । उनले बाम गठबन्धन नेतृत्वको सरकारको मूख्य जनादेश विकास र समृद्धि भएको भन्दै यसका लागि सुशासन, सुरक्षा र स्थानीयत्व आवश्यक रहेको बताए । उनले सुरक्षा अवस्था सदृढ बनाउनका लागि यस्ता प्रदेशस्तरीय गोष्ठी भईरहेको समेत जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार