Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी  (हेनेहोस सबै जिल्लाको मतपरिणाम सहित)  ।

31914271_1625611184190852-1525526022.jpg

२२ बैशाख, हेटोँडा ।  नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन  ।
प्रेस युनियन ,प्रेस चौतारी , र प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा उम्मदेवारी दिएका  विष्टले स्वतन्त्र उम्मेदवार गिरिजा अधिकारीलाई १ सय ८० मतन्तरले पछि पर्दै विजयी बनेका हुन  ।

शनिबार मकवानपुर सहित ३ नम्बर प्रदेशको १० जिल्लामा सम्पन्न निर्वाचनमा विष्टले ४ सय ९१ मत प्राप्त गरे भने  अधिकारीले ३ सय ११ मत प्राप्त गरेका  थिए । दुवै  उम्मेदवार मकवानपुरकै भएता पनि  विष्ट २ दशक देखी मकवानपुरमा रहेर पत्रकारीता गर्दै आएका छन भने पत्रकार महासंघ पुर्व केन्दि«य सदस्य र मकवानपुरका पुर्व अध्यक्ष  हुन  त्यसैगरी  अधिकारी महासंघ  मकवानपुरका पुर्व उपाध्यक्ष हुन । १०४ मत खसेको मकवानपुरमा  विष्टको पक्षमा ४८ तथा अधिकारीको पक्षमा ५५ मत खसेको र १ मत बदर भएको   निर्वाचन अधिकृत राममणी दाहालले जानकारी दिए ।  यद्यपी केन्द«ले भने आधिकारीक घोषणा गरिनसेकोले आधिकारीक घोषणा भने भोली आईतबार हुने बताईएको छ । 

 

हेर्नुहोस अध्यक्ष पदमा कस्को कती मत
    

 १ मकवानपुर
प्रताप विष्ट– ४८
गिरिजा अधिकारी– ५५
२ चितवन
प्रताप विष्ट – १०२
गिरिजा अधिकारी – ५२
३ धादिङ
प्रताप विष्ट– ७६
गिरिजा अधिकारी – ३६
४ सिन्धुपाल्चोक
प्रताप विष्ट– ३६
गिरिजा अधिकारी – ४४
५ काभ्रे
प्रताप विष्ट– ८९
गिरिजा अधिकारी – ४२
६ नुवाकोट
प्रताप विष्ट– २९
गिरिजा अधिकारी– ३३
७ रसुवा
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २
८ दोलखा
प्रताप विष्ट– ४५
गिरिजा अधिकारी– १९
९ रामेछाप
प्रताप विष्ट– ३०
गिरिजा अधिकारी– ६
१० सिन्धुली
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २२

अन्य पदमा   निर्विरोध भईसकेका छन निर्विरोध हुनेमा  खुला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारुमगर, खुला सचिवमा सुरेशप्रसाद हुमागाइँ, समावेशी सचिवमा राजन विक, कोषाध्यक्षमा सीताराम अधिकारी तथा खुला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम  रहेका छन ।

त्यस्तै मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र सर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध निर्वाचित भैईसकेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार