२३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालको सेवा सुविधा लिएर निजिमा काम गर्ने प्रवृत्ति अन्त्य हुनु जरुरी रहेको बताएका छन् । उनले यस्तो प्रवृत्ति अन्त्य नभएसम्म स्वास्थ्य सेवामा सुधार नहुने बताए । उनले यस्तो गतिविधि गर्ने स्वास्थ्यकर्मीले कसरी सुशासनको कुरा गर्ने भनेर प्रश्न गरेका थिए ।
३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तहमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय छलफलमा बोल्दै मूख्यमन्त्री पौडेलले अहिलेले कानून अभावले क्षेत्राधिकार स्पष्ट नहुँदा स्वास्थ्य क्षेत्रको समस्या कसले समाधान गर्ने भन्ने निक्र्यौल नभएको भन्दै कानून बनेपछि यस क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति र आवश्यक पूर्वाधारको अभावमा जनतालाई न्यूनतम सेवा दिन नसकिएको भन्दै यसबारे गम्भिर ढंगले सोच्नु जरुरी रहेको बताए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले स्वास्थ्य क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले प्रस्तुति गर्दै ३ नम्बर प्रदेशको ११ सय २२ वडामध्ये ९ सय ९६ स्थानमा मात्रै स्वास्थ्य संस्था रहेको जानकारी दिए भने ६८ स्थानमा आर्युवेद तथा बैकल्पिक चिकित्सा केन्द्र रहेको बताए ।
कार्यक्रममा डा. अर्जुन सापकोटाले स्वास्थ्य क्षेत्र व्यवस्थापन तथा सुशासनसम्बन्धी प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







