२६ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेश नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय महासचिव रमेश विष्टले नवनिर्वार्चित कार्यसमितिलाई सपथग्रहण गराएका हुन् ।
३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहितको उपस्थितिमा बैशाख २२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिले सपथग्रहण गरेको थियो । निर्वाचनमा प्रदेश अध्यक्षमा गिरिजा अधिकारीलाई पराजित गर्दै प्रताप विष्ट विजयी भएका थिए । यस्तै, खुल्ला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की ९सम्झना०, महासचिवमा कृष्ण सारु मगर, खुला सचिवमा केशवप्रसाद हुमागाई, समावेशी सचिवमा राजन विक र कोषाध्यक्षमा सीताराम अधिकारी निर्विरोध चयन भएका थिए ।
खुल्ला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम निर्विरोध भए भने मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र शर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध भएका थिए ।
देश संघीय संरचनामा गएपछि पहिलो पटक प्रदेशस्तरीय संरचनामा पत्रकार महासंघको निर्वाचन भएको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...













-1786686763.jpg)

-1786539267.jpg)

