Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको अर्थनीतिमा अन्य पार्टी चलेका छन् : महत

ht-prasishan-3-1525881806.jpg

२६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताएका छन् ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमको बुधबार काठमाण्डौंमा उद्घाटन् गर्दै डा. महतले अन्य पार्टीहरु काँग्रेसको विचार र अर्थनीतिमा चलेकाले काँग्रेस तल नपरेको बताए । उनले मतका हिसावले अहिले कांग्रेस केही पछि परेको भएपनि विचार र नीतिको दृष्टिकोणले सधै अघि रहेको बताए ।
देशका प्रमूख घटनाक्रमहरुमा कांग्रेसको नेतृत्वले नै यो सब सम्भव भएको बताउँदै डा. महतले संसदमा प्रस्तुत हुँदा प्रभावकारी र सशक्त ढंगले प्रस्तुत हुन प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिए । उनले जहिले पनि जनताको हितमा काम गर्ने भएकाले प्रदेशसभामा पनि जनताका मुद्धामा सधै आवाज उठाउन प्रदेशसभा सदस्यहरुलाई सचेत गराएका छन् ।
३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री डा. महत र केन्द्रीय सदस्य रमेश प्रशिक्षण दिएका थिए ।
केन्द्रीय सदस्य लेखकले प्रदेशसभा बैठक संचालनमा दलको भूमिका, संसदमा राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्याससहितको बृत्तचित्र र डा. महतले प्रदेश आर्थिक प्रणाली, काँग्रेसले ४८ सालदेखि लिएको खुला अर्थनीति र आगामी दिनमा दलले खेल्नुपर्ने भूमिका बारेमा प्रदेश सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा कांग्रेस ३ नम्बर प्रदेशका २१ जना प्रदेशसभा सदस्यको सहभागिता रहेको संसदीय दलका सदस्यसचिव निमा लामाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार