७ असोज, हेटौँडा । वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीबाट शुक्रबार पूर्वी मकवानपुरको फापरवारी गाविस खुला चरिचरनमुक्त गाविस घोषणा भएको छ । मन्त्री भण्डारीले फापरवारीमा रहेका ४० वटा सामुदायिक वन, १० कबुलियत वनका पदाधिकारी र गाविसबासीलाई सामुहिक प्रतिवद्धता गराएर खुला चरिचरनमुक्त गाविस घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राज्यले गर्नुपर्ने काम फापरवारीको नेतृत्वमा भएकोमा प्रशंसा गर्दै यसले देशका अन्य क्षेत्रका बासिन्दालाई पनि सकारात्मक सन्देश जाने बताए । उनले वन तथा वातावरण संरक्षणको क्षेत्रमा खुला चरिचरनमुक्त घोषणाले टेवा पुगेको भन्दै यसको निरन्तरताका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा व्यवस्थापिका संसद अन्तरगतको वातावरण समितिका सदस्य सांसद बीरबहादुर बलायरले फापरवासीका बासिन्दाले आफुहरु जस्ता पढेलेखेकालाई समेत राम्रो पाठ सिकाएको भन्दै यसको चर्चा आफुले समितिमार्फत देशभरमा पुर्याउने बताए ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँले बाढिका कारण आफ्नो घरखेत बगाउने समस्या झेलेका फापरबारी बासिन्दाले खुला चरिचरनमुक्त घोषणा गरेपछि यस्तो समस्याको समेत अन्त्य हुनेमा विश्वास व्यक्त गरे ।
जैविक विविधता संरक्षण सञ्जाल फापरवारीका अध्यक्ष उद्धव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्त, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, नेकपा एमालेका जिल्ला सदस्य अणराज जर्गामगर, राप्रपाका गाउँ अध्यक्ष दिलबहादुर बल, माओवादी क्रान्तिकारीका माधवप्रसाद घोरासैनी, इलाका वन कार्यालय फापरवारीका प्रमुख सुरेशकुमार गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । घोषणा सभा अघि फापरवारीबाट सचेतनामुलक र्याली निकालिएको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




