७ असोज, हेटौँडा । वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीबाट शुक्रबार पूर्वी मकवानपुरको फापरवारी गाविस खुला चरिचरनमुक्त गाविस घोषणा भएको छ । मन्त्री भण्डारीले फापरवारीमा रहेका ४० वटा सामुदायिक वन, १० कबुलियत वनका पदाधिकारी र गाविसबासीलाई सामुहिक प्रतिवद्धता गराएर खुला चरिचरनमुक्त गाविस घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राज्यले गर्नुपर्ने काम फापरवारीको नेतृत्वमा भएकोमा प्रशंसा गर्दै यसले देशका अन्य क्षेत्रका बासिन्दालाई पनि सकारात्मक सन्देश जाने बताए । उनले वन तथा वातावरण संरक्षणको क्षेत्रमा खुला चरिचरनमुक्त घोषणाले टेवा पुगेको भन्दै यसको निरन्तरताका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा व्यवस्थापिका संसद अन्तरगतको वातावरण समितिका सदस्य सांसद बीरबहादुर बलायरले फापरवासीका बासिन्दाले आफुहरु जस्ता पढेलेखेकालाई समेत राम्रो पाठ सिकाएको भन्दै यसको चर्चा आफुले समितिमार्फत देशभरमा पुर्याउने बताए ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँले बाढिका कारण आफ्नो घरखेत बगाउने समस्या झेलेका फापरबारी बासिन्दाले खुला चरिचरनमुक्त घोषणा गरेपछि यस्तो समस्याको समेत अन्त्य हुनेमा विश्वास व्यक्त गरे ।
जैविक विविधता संरक्षण सञ्जाल फापरवारीका अध्यक्ष उद्धव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्त, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, नेकपा एमालेका जिल्ला सदस्य अणराज जर्गामगर, राप्रपाका गाउँ अध्यक्ष दिलबहादुर बल, माओवादी क्रान्तिकारीका माधवप्रसाद घोरासैनी, इलाका वन कार्यालय फापरवारीका प्रमुख सुरेशकुमार गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । घोषणा सभा अघि फापरवारीबाट सचेतनामुलक र्याली निकालिएको थियो ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















