Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभापति चयन नगरी सकियो बैठक

Pradesh-3-1526210988.jpg

३० बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न बसेको समितिको पहिलो बैठक सभापति चयन नगरी सकिएको छ । प्रदेशसभाबाट बैशाख १४ गते गठित समितिले आइतबारबाट काम थालेको थियो ।

पहिलो बैठकले १३ सदस्यीय समितिबाट सभापति चयन गर्ने र कार्यविधि बनाउने भनिए पनि बन्दका कारण सबै सदस्यहरु आउन नसकेपछि सामान्य छलफलमात्रै भएको छ । ज्येष्ठ सदस्य सरस्वती बस्नेतको अध्यक्षतामा बसेको बैठकमा समितिले कसरी अघि बढ्ने भन्नेबारेमा प्रारम्भिक छलफल भएको र सोमबार पनि बैठक बस्ने निर्णय भएको छ । समितिलाई कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन बुझाउने अवधी दिईएको छ ।

प्रदेश राजधानीबारे छलफलका लागि काभ्रे र भक्तपुरका प्रदेश सदस्यहरुले छुट्टाछुट्टै र रसुवा र नुवाकोटका प्रदेशसभा सदस्यले संयुक्त रुपमा प्रस्ताव दर्ता गरेपनि कार्यसूचिमा नराखिएपछि ३८ जना प्रदेशसभा सदस्यले निवेदन दर्ता गराएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले अध्ययन समिति गठन गरेका थिए ।

समितिमा एमालेका तर्फबाट दिपक निरौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का, जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, विवेकशिल साझाका बिराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार