Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसमा गुट अन्त्यको अावश्यकता छ : कोईराला

20180515174645_IMG_9693-1526463593.JPG

२ जेठ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरको अायोजनामा थाहा नगरपालिका दामनमा बुधबार अायोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताए ।

उनले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने दाबी गरे । पछिल्लो तीन तहको निर्वाचनमा कांग्रेस हारको प्रमुख कारण गुट र निकटताका अाधारमा टिकट वितरण भएको बताउँदै यस्ता प्राविधिक त्रुटि सच्याउनु अावश्यक रहेको बताए । 

बाम एकताबाट कांग्रेसलाई कुनै असर नगर्ने भन्दै पार्टी भित्रको समस्या अन्त्य नै अहिलेको प्रमुख  अावश्यकता रहेको उनको भनाइ छ । उनले अाफु पार्टीमा रहेको गुट उपगुट अन्त्यको प्रयासमा अन्तिम सम्म लडिरहने बताए । अागामी अधिवेशनबाट पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने नेतृत्व चयनका लागि कार्यकर्तालाई उनको सुझाव छ । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले चुनावी अभियानमा पार्टीले हारे पनि राजनीति र विचारका दृष्टिकोणले जितेको बताए । उनले प्रधानमन्त्रीको सपथग्रहणदेखि नै वर्तमान सरकार संविधान मिच्ने काममा उद्धत रहेको भन्दै यो अधिनायकवाद र सर्वसत्तावादको शुरूवात भएको बताए । कांग्रेस लोकतान्त्रिक पद्धतिको रक्षाका लागि अधिनायकवाद र सर्वसत्तावादको विरूद्ध लड्ने उनको भनाई थियो । 

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षता भएको कार्यक्रममा थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपाली, जिल्ला पार्टी प्रवक्ता प्रवक्ता प्रदीप कोईराला लगायतले मन्तव्य गरेका थिए ।

कार्यक्रममा जिल्ला कार्यसमिति, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, नगर सभापति, वडा अध्यक्ष, भातृ संगठनका प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रम केन्द्रीय सदस्य लेखक र सामाजिक अभियन्ता रामजी अधिकारीले प्रशिक्षण दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार