२ जेठ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको अायोजनामा थाहा नगरपालिका दामनमा बुधबार अायोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताए ।
उनले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने दाबी गरे । पछिल्लो तीन तहको निर्वाचनमा कांग्रेस हारको प्रमुख कारण गुट र निकटताका अाधारमा टिकट वितरण भएको बताउँदै यस्ता प्राविधिक त्रुटि सच्याउनु अावश्यक रहेको बताए ।
बाम एकताबाट कांग्रेसलाई कुनै असर नगर्ने भन्दै पार्टी भित्रको समस्या अन्त्य नै अहिलेको प्रमुख अावश्यकता रहेको उनको भनाइ छ । उनले अाफु पार्टीमा रहेको गुट उपगुट अन्त्यको प्रयासमा अन्तिम सम्म लडिरहने बताए । अागामी अधिवेशनबाट पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने नेतृत्व चयनका लागि कार्यकर्तालाई उनको सुझाव छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले चुनावी अभियानमा पार्टीले हारे पनि राजनीति र विचारका दृष्टिकोणले जितेको बताए । उनले प्रधानमन्त्रीको सपथग्रहणदेखि नै वर्तमान सरकार संविधान मिच्ने काममा उद्धत रहेको भन्दै यो अधिनायकवाद र सर्वसत्तावादको शुरूवात भएको बताए । कांग्रेस लोकतान्त्रिक पद्धतिको रक्षाका लागि अधिनायकवाद र सर्वसत्तावादको विरूद्ध लड्ने उनको भनाई थियो ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षता भएको कार्यक्रममा थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपाली, जिल्ला पार्टी प्रवक्ता प्रवक्ता प्रदीप कोईराला लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिति, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, नगर सभापति, वडा अध्यक्ष, भातृ संगठनका प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रम केन्द्रीय सदस्य लेखक र सामाजिक अभियन्ता रामजी अधिकारीले प्रशिक्षण दिएका थिए ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...















-1786686763.jpg)

