Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बालविवाहमुक्त प्रदेश बनाउने मन्त्री दुलालको अठोट

IMG_97121111-1526556538.jpg

३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ३ नम्बर प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने अठोट गरेका छन् । मन्त्रालयको आयोजनामा हेटौँडामा भएको प्रारम्भिक प्रोफाइल सार्वजनिकिकरण कार्यक्रममा बोल्दै प्रदेशमा रहेको बालविवाहको समस्या अन्त्य गर्दै बालविवाहमुक्त प्रदेश बनाउने अठोट गरेका हुन् । 
प्रदेशमा रहेका केही बाल गृहहरुले धर्म परिवर्तनलाई प्रोत्साहन गरिरहेको भन्दै उनले यसलाई कडाईका साथ अनुगमन गरी कारवाही गरिने बताए । बालगृहहरुमा नै बढि बालअधिकार हनन भईरहेको भन्दै उनले त्यस्ता बालगृहबाट बालबालिकालाई उद्धार गरिने बताए । प्रदेश सरकारले बाल संरक्षण केन्द्रको स्थापना गरी उनीहरुलाई सबै किसिमका सुविधा प्रदान गर्ने मन्त्री दुलालको भनाई छ ।
आफुले पदभार ग्रहण गर्दा पहिलो कामको रुपमा ३ नम्बर प्रदेशको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, महिला तथा बालबालिका लगायत क्षेत्रको तथ्यांकीय प्रोफाइल तयार गर्ने पत्रमा हस्ताक्षर भएको भन्दै यो काम पुरा भएको बताए । उनले तथ्यांकलाई निरन्तर परिमार्जन गरी यसकै आधारमा आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरिने बताए । 
३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयका जनस्वाथ्य प्रशासक सतिश विष्टले प्रदेशको अवस्थाबारे अवगत गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार