Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२७ प्रदेशसभा सदस्यबाट बैठकमा सुझाव पेश

Pradesh-Sachwalaya-1526564290.jpg

३ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशसभा बैठकमा विहिबार विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारे विहिबार २७ जना प्रदेशसभा सदस्यले सुझाव राखेका छन् । 
बैठकमा उनीहरुले सिद्धान्त र प्राथमिकतालाई ठोस ढंगले प्रस्तुत गर्न नसकेको भन्दै हरेक विषयलाई ठोस ढंगले ल्याउन सुझाव दिएका छन् । बैठकमा भाग लिंदै शान्तिप्रसाद पौडेल, कुमारी मोक्तान, जीवन डंगोल, रमेश पौड्याल, सिर्जना शैंज्यु, लक्ष्मण लम्साल, रजनी अमात्य लगायतका प्रदेश सभा सदस्यहरुले उत्पादनमुलक क्षेत्रलाई बढि प्राथमिकता दिनुपर्ने, आयात प्रतिस्थापनको ठोस नीति ल्याउनुपर्ने, जलस्रोतको उपयोगका लागि स्पष्ट अवधारणा आवश्यक लगायतका धारणा राखेका थिए । 
बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले समाजवाद उन्मुख निति तथा कार्यक्रम आउनुपर्ने भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई ठोस ढंगले सम्बोधन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले कृषिमा विचौलियाको अन्त्य, चक्लाबन्दीमार्फत कृषिलाई प्रवर्धन, निर्यातजन्य उद्योगलाई प्रोत्साहन जस्ता क्षेत्रमा नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । 
प्रदेश सभा बैठकमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विहिबार १४ सिद्धान्त र १२ प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम आउने बताएका थिए । उनले प्रदेशमा रहेको स्रोत साधनलाई बैज्ञानिक ढंगले उपयोग गर्ने गरी आगामी बजेट आउने बताए । अन्य प्रदेशभन्दा यो प्रदेशको सम्भावना बढि रहेको उनको भनाई छ । 
विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकताबारे विहिबार शुरु भएको छलफल १० घण्टा चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । छलफलका लागि एमालेलाई साँढे ४ घण्टा, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई २/२ घण्टा र अन्य दललाई डेढ घण्टा समय तय भएको छ । प्रदेश सरकारले असार १ गते आर्थिक बर्ष ०७५÷०७६ का लागि बजेट ल्याउने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार