३ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशसभा बैठकमा विहिबार विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारे विहिबार २७ जना प्रदेशसभा सदस्यले सुझाव राखेका छन् ।
बैठकमा उनीहरुले सिद्धान्त र प्राथमिकतालाई ठोस ढंगले प्रस्तुत गर्न नसकेको भन्दै हरेक विषयलाई ठोस ढंगले ल्याउन सुझाव दिएका छन् । बैठकमा भाग लिंदै शान्तिप्रसाद पौडेल, कुमारी मोक्तान, जीवन डंगोल, रमेश पौड्याल, सिर्जना शैंज्यु, लक्ष्मण लम्साल, रजनी अमात्य लगायतका प्रदेश सभा सदस्यहरुले उत्पादनमुलक क्षेत्रलाई बढि प्राथमिकता दिनुपर्ने, आयात प्रतिस्थापनको ठोस नीति ल्याउनुपर्ने, जलस्रोतको उपयोगका लागि स्पष्ट अवधारणा आवश्यक लगायतका धारणा राखेका थिए ।
बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले समाजवाद उन्मुख निति तथा कार्यक्रम आउनुपर्ने भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई ठोस ढंगले सम्बोधन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले कृषिमा विचौलियाको अन्त्य, चक्लाबन्दीमार्फत कृषिलाई प्रवर्धन, निर्यातजन्य उद्योगलाई प्रोत्साहन जस्ता क्षेत्रमा नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदेश सभा बैठकमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विहिबार १४ सिद्धान्त र १२ प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम आउने बताएका थिए । उनले प्रदेशमा रहेको स्रोत साधनलाई बैज्ञानिक ढंगले उपयोग गर्ने गरी आगामी बजेट आउने बताए । अन्य प्रदेशभन्दा यो प्रदेशको सम्भावना बढि रहेको उनको भनाई छ ।
विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकताबारे विहिबार शुरु भएको छलफल १० घण्टा चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । छलफलका लागि एमालेलाई साँढे ४ घण्टा, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई २/२ घण्टा र अन्य दललाई डेढ घण्टा समय तय भएको छ । प्रदेश सरकारले असार १ गते आर्थिक बर्ष ०७५÷०७६ का लागि बजेट ल्याउने जनाएको छ ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




