Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीद्धारा घरेलु मदिरा ,गोरु बोकेको ट्रक नियन्त्रणमा

32684105_2063706970583805-1526571827.jpg


३ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बिहिबार विभिन्न स्थानबाट  अवैध घरेलु मदिरा, राजस्व छलिको कपडा, सार्वजनिक मुद्दाका २ प्रतिवादी सहित  गोरु बोकेको ट्रक  नियन्त्रणमा लिएको छ ।
प्रहरीले महेन्द्र राजमार्ग अन्तर्गत  मनहरी गाउँपालिका ७ मा चेकजाँच गर्नेक्रममा हेटौंडा हुँदै झापातर्फ जादै गरेको  ६ वटा ट्रकहरुबाट १ सय ४७ वटा गोरु पक्राउ गरेको छ । झापातर्फ जादै गरेको ना ६ ख ६१६ , ना ३ ख ५६१५ , ना ६ ख ४०३४ , ना ६ ख ४७५८ , ना ४ ख ७४७५, ना ६ ख ६९७ , ना ६ ख २२११ नम्बरको कुल  ६ वटा ट्रकहरुमा लोड गरेको १ सय ४७ वटा गोरु कागजात विनाको फेला परेकोले पक्राउ गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ । 
त्यसैगरी हेटौंडा नगरको  विभिन्न स्थानबाट प्रहरीले ३ सय लिटर अवैध मदिरा वरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका ५ का बीरेन्द्र मगरको घरबाट १ सय लिटर, हेटौंडा १८ का विभिन्न होटलबाट ६० लिटर र मदिरा बनाउने १८ वटा ड्रम, हेटौंडा १ बाट ना १ ह ७०२३ नम्बर अटोबाट २० लिटर र अटो, मनहरी बजार एरियाबाट ८० लिटर, मनहरी ६ बाट २५ लिटर, हेटोंडा १९ दारिमटारबाट ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको मकवानपुर प्रहरी प्रवक्त डिएसपी दिलिप राज झाले बताएका छन  ।
त्यसैगरी प्रहरीले  मनहरी गाउँपालिका ६ मा  हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको  बसमा चेकजाँच गर्दा  १ लाख ४८ हजार पर्ने राजस्व छली ल्याएको  कुर्ता सुरुवालका  कपडा बरामद  गरेको छ भने सार्वजनिक अपराधमा फरार २ जना प्रतिवादीलाई  पक्राउ गरेको छ ।  सार्वजनिक मुद्दामा ३ हजार जरिवाना तोकिएका चित्लाङ १ का २६ वर्षिय सुनिल लामा र चित्लाङ २ बस्ने २५ वर्षिय रामकृष्ण थोकरलाई पक्राउ गरी   जिल्ला अदालत मकवानपुरमा जरिवाना तिराई छाडिएको  डिएसपी झाले बताए  ।

32687949_2063714523916383-1526571827.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार