Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विनियोजन विधेयकको प्राथमिकतामाथिको छलफल सम्पन्न

20180517163628_IMG_9751-1526649371.JPG

४ जेठ, हेटौँडा । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले ३ नम्बर प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक ०७५÷०७६ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल शुक्रबार सकिएको छ । 

शुक्रबारको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले ३ नम्बर प्रदेश संघीय राजधानी भएको प्रदेश भएकाले अन्य प्रदेशलाई उदाहरण प्रस्तुत गर्ने ढंगले नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रादेशिक शिक्षा आयोग, प्रादेशिक लोकसेवा आयोग, प्रादेशिक विज्ञान प्रतिष्ठान, प्रादेशिक प्राविधिक शिक्षा लगायतका दिर्घकालिन प्रभाव पार्ने योजनामा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

उत्पादन र निर्यातमुलक उद्योगलाई प्रवद्र्धन, कम्तिमा ६६ निर्वाचन क्षेत्र र १३ जिल्लामा एउटा महत्पूर्ण योजना छनौट लगायतका विषयमा ध्यान दिन उनीहरुले सुझाव दिए । छलफलमा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, नरोत्तम बैद्य, न्हुच्छेमान श्रेष्ठ, विराजभक्त श्रेष्ठ, विजुला बर्मा, रिना गुरुङ, रिता माझी, बुद्धिमान माझी लगायतले प्रदेश सरकारको नीति तथा कार्यक्रमले समृद्धिको खाकालाई अमूर्त रुपमा भन्दा पनि ठोस ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । सभामा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री ढुंगेलले सुझावलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशका सम्पूर्ण राजनीति दलका घोषणा पत्र र सहश्राव्दी विकास लक्ष्यमा उल्लेख भएका विषयबस्तुलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउनेमा ढुक्क हुन आग्रह गरेका थिए ।

यता, प्रदेशसभामा शुक्रबार प्रदेशसभा सदस्यहरुले धारणा राख्दै हिड्न थालेपछि प्रदेशसभा बैठकका कुर्सीहरु खालि भएका थिए ।  विनियोजन विधेयक माथि धारणा राख्ने विभिन्न दलका प्रदेशसभा सदस्यहरु हिड्न थालेपछि गणपुरक संख्या नपुग्ने देखिएको थियो । गणपुरक संख्या नै नपुग्ने देखिएपछि सबै दलका प्रमुख सचेतक र सचेतकहरुले बैठकमा बाँकी रहेका प्रदेश सदस्यहरुलाई नबाहिरिन आग्रह गरेका थिए । आगामी दिन यस्तो हुन नदिने नेकपा एमालेका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रतिक्रिया दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार