Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कम्युनिष्टहरुको सिद्धान्त उग्रता, उदण्डता र अराजकता : नेता भण्डारी

Sankhar-Bandari-1526735376.jpg

५ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय एवं पूर्व बनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नारी छामिसकेकोले यो एकता २ वर्षपनि नटिक्ने दावी गरे । कम्युनिष्टहरुको सिद्धान्त नै उग्रता, उदण्डता र अराजकता भएकाले कहिल्यै विश्वास गर्न नसकिने बताएका छन् । केन्द्रीय सदस्य भण्डारीले भने–यिनीहरु भनेका खहरे खोला जस्तै हुन् बर्खामा एकदिन आएर विनाश मात्रै गर्छन्, अरुबेला कमिलो हिड्छ । 

नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस ईतिहास भएको पार्टी भएकाले ईतिहासको कुरा गर्दा कसैलाई टाउको दुख्न नहुने बताए । कम्युनिष्टहरु बारम्बार काँग्रेस ईतिहासको मात्रै कुरा गर्छ ? भन्दै हिडेको सुनेकाले काँग्रेसले ईतिहासमा पनि धेरै काम ग¥यो, बर्तमान र भविष्यमा पनि धेरै लोकप्रिय र जनतामुखी काम गरिरहेको र गर्ने बताउँदै हिजो बन्दुकमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउने, संविधान जारी गर्ने र मधेशलाई मिलाउँदै आफू हारेर पनि लोकतन्त्रलाई बचाउन तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काम काँग्रेस नेतृत्वले गरेका कारण काँग्रेसले ईतिहास, वर्तमान र भविष्य सबैको कुरा गर्ने बताए ।

ईकाई सभापति पंकजकुमार ठाकुरको सभाध्यक्षतामा भएको बार्षिक मुखपत्र सुनगाभा बिमोचन कार्यक्रममा अतिथिहरु नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र पवनकुमार यादव, काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल अध्यक्ष ईश्वर पाठक, क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्मारिका विमोचनसंगै विशिष्ठ अतिथि बानियाँलाई सम्मानपत्र, नयाँ विद्यार्थीलाई स्वागत, पूर्व विद्यार्थीहरुलाई सम्मान र सुनगाभा प्रकाशनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg