Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सेवा सुविधामात्रै खोजे मतको अपमान हुन्छ : पौडेल

Dormani-Paudel-1526893155.jpg

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढि रहेको भन्दै जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् । 
स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैभन्दा पहिला जनप्रतिनिधिबाट शुरुवात हुनुपर्ने उनको भनाई थियो । उनले लामो समयपछिको संघर्षबाट संघीयता कार्यान्वयनमा आएको भन्दै प्राप्त उपलव्धीको संरक्षण गर्नु आवश्यक रहेको बताए । ३ नम्बर प्रदेश मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा आजदेखि हेटौँडामा शुरु भएको प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै उनले जनताको मतबाट विजयी जनप्रतिनिधिले सेवा सुविधामात्रै ध्यान दिए मतको अपमान हुनेतर्फ सचेत रहनुपर्ने बताए । 
उनले सानातिना योजनामा बजेट हालेर चित्त बुझाउने प्रवृत्तिको अन्त्य गर्दै काम गरेको देखिने गरी बजेट विनियोजनमा जोड दिनुभयो । कार्यक्रममा ३ नम्बर प्रदेशका मन्त्रीहरु शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले स्थानीय तह जनताको पहिलो सरकार भएकोले जनताले महसुस हुने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । 
प्रदेश सरकार गठन भएपछि पहिलो पटक भएको प्रदेश परिषद बैठकमा ३ नम्बर प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । मंगलबारसम्म संचालन हुने बैठकको उद्घाटन ३ नम्बर प्रदेश मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मूख्य सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

हेर्नुहोस् भिडियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार