७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डोको र बेल्चा बोकेर समृद्धि आउँछ ? भन्दै प्रदेश सरकारको कटाक्ष गरेका छन् ।
हेटौँडामा सोमबारदेखि शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा बोल्दै नेता बानियाँले विकास निर्माणको काम तिब्र गतिमा भईरहेको अहिलेको समयमा नदिजन्य कच्चा पदार्थ उत्पादन गर्ने क्रसर उद्योग बन्द गरेर विकास सम्भव नरहेको भन्दै डोको र बेल्चाको भरमा अहिलेको युगमा विकास नहुने बताए । विकासका लागि आवश्यक ढुंगा, गिटि र बालुवाको अभावमा काम गर्ने अवस्था नरहेको भन्दै उनले निर्माण व्यवसायीलाई थुनेर कागज गर्दैमा विकास नहुने दावि गरे ।
‘ढुंगा, गिटि र बालुवा उत्पादन गर्ने क्रसर बन्द गर्ने, अनि निर्माण व्यवसायीलाई थुनेर कागज गराउने ?’–उनले भने–‘यस्तो तरिकाले कसरी विकास हुन्छ ?’ विधिवत रुपमा संस्था दर्ता गरेर सेवा दिईरहेका संस्थाको खाता बन्द गरेको प्रति पनि उनले आपत्ति जनाए । सरकारले अपराधीलाई जस्तो व्यवहार गर्दै यातायातसंग सम्बन्धित संस्थाको खाता बन्द गर्नु गैरजिम्मेवारपूर्ण व्यवहार भएको बाँनियको भनाई छ । उनले देश कानून अनुसार चल्नुपर्नेमा जोड दिए । सिण्डिकेट वा कार्टेलिङ गर्नेलाई कानून अनुसार नै कारवाही गरिनुपर्ने भन्दै उनले सबैलाई एकै ढंगले हेर्न नहुने बताए ।
उनले विकासमा नेपाली कांग्रेस प्रतिपक्षमा नरहने बताउँदै प्रदेश सरकारको साथका लागि तयार रहेको बताए । तर कानून र विधिको शासनको वेवास्ता गर्दै आफु खुशी चले चुप लागेर नबस्ने समेत उनको भनाई थियो । जनताको पहिलो सरकार स्थानीय तह भएकाले सबैले जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा बानियाँले जोड दिए । ३ नम्बर प्रदेशलाई मानवताको प्रदेश बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...







-1792888897.jpg)




-nepal-1792111426.jpg)




