७ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणले पुस्टी गरिसकेको बताएका छन ।
नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा सोमबार भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री विश्वकर्माले यसो बताएका हुन । उनले सुरक्षाको नाममा हातहतियारसहितको ३ दर्जनभन्दा बढी भारतीय सुरक्षाकर्मी १५ दिनभन्दा बढी नेपाल र चिनको सिमानामा बस्नुले पनि वलीको राष्ट्रबाद प्रष्टरुपमा देखिएको भन्दै नाकाबन्दीमा १२ हात माथि उफ्रेर कुर्लने वलीले नेपाल सरकारको स्वीकृतिविनानै सुरक्षाको नाममा विदेशी भूमिमा हतियारसहित सेना भित्रन दिनु, सेक्युरिटी चेकजाँच नहुने स्थानमा भारतीय प्रधानमन्त्रीको भ्रमण गर्नु, मुख्यमन्त्रीको अराष्ट्रिय संवोधन, तोडमोड बनाएर राखिएको नेपाली झण्डालगायतले केपी वलीको खोक्रो राष्ट्रबाद छर्लङ्गै देखिएको बताए ।
त्यस्तै काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ४८ सालमा काँग्रेसले अरुण तेश्रो बनाउन सुरु गर्न खोज्दा नदी बेच्न लाग्यो भनेर वल्ड बैंकको रकम रद्ध गराउने एमाले आज २७ वर्षपछि आफैंले भारतलाई बुझाउँदा केपी वलीको राष्ट्रबादी चरित्र राम्रैसंग देखिएको बताए ।
नेपाली काँग्रेसले बोलेको पूरा गर्ने र ईतिहाँस बनाउने पार्टी भएकाले दुनियाँबाट लोप भएको कम्युनिष्टले नेपालमा बोल्ने मात्रै र केही गर्न नसकेको बताए । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, दलित, जनजातीको पक्षमा लडेको काँग्रेस ५ वर्ष गाउँगाउँमा पसेर विकास निर्माण काम गर्नुपर्ने बताउँदै बामले निर्वाचनमा बोलेका बाचा र घोषणापत्रका कुरा पूरा गर्छ गर्दैन हेरेर जनतालाई बुझाउन काँग्रेसीहरु लाग्नु पर्ने बताए ।
राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमूख अतिथि विश्वकर्माले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा निरन्जन राईको अध्यक्षता र क्षेत्रबहादुर वाईबाको उपाध्यक्षतामा २१ सदस्यीय तरुण दल बाग्मती गाउँकमिटि गठन गरिएको छ ।
गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनाको सभाध्यक्षमा भएको प्रशिक्षण कार्यक्रममा पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदसय शेरबहादुर लामा, महासमिति सदस्य धर्मराज लामिछाने, क्षेत्रीय सभापति दामोदर खनाल, हेटौंडा नगरसभापति आनन्द पराजुली, पूर्व पार्टी उपसभापति नारायण लम्साल, दफलित संघ केन्द्रीय सदस्य पवित्रा वि.क., तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, वाग्मती वडा नम्बर २ अध्यक्ष जगतबहादुर भोलन, समिक्षा विक, टेकबहादुर डिम्डुङलगायतले मन्तव्य ब्यक्त गरेेेका थिए ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

