७ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणले पुस्टी गरिसकेको बताएका छन ।
नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा सोमबार भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री विश्वकर्माले यसो बताएका हुन । उनले सुरक्षाको नाममा हातहतियारसहितको ३ दर्जनभन्दा बढी भारतीय सुरक्षाकर्मी १५ दिनभन्दा बढी नेपाल र चिनको सिमानामा बस्नुले पनि वलीको राष्ट्रबाद प्रष्टरुपमा देखिएको भन्दै नाकाबन्दीमा १२ हात माथि उफ्रेर कुर्लने वलीले नेपाल सरकारको स्वीकृतिविनानै सुरक्षाको नाममा विदेशी भूमिमा हतियारसहित सेना भित्रन दिनु, सेक्युरिटी चेकजाँच नहुने स्थानमा भारतीय प्रधानमन्त्रीको भ्रमण गर्नु, मुख्यमन्त्रीको अराष्ट्रिय संवोधन, तोडमोड बनाएर राखिएको नेपाली झण्डालगायतले केपी वलीको खोक्रो राष्ट्रबाद छर्लङ्गै देखिएको बताए ।
त्यस्तै काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ४८ सालमा काँग्रेसले अरुण तेश्रो बनाउन सुरु गर्न खोज्दा नदी बेच्न लाग्यो भनेर वल्ड बैंकको रकम रद्ध गराउने एमाले आज २७ वर्षपछि आफैंले भारतलाई बुझाउँदा केपी वलीको राष्ट्रबादी चरित्र राम्रैसंग देखिएको बताए ।
नेपाली काँग्रेसले बोलेको पूरा गर्ने र ईतिहाँस बनाउने पार्टी भएकाले दुनियाँबाट लोप भएको कम्युनिष्टले नेपालमा बोल्ने मात्रै र केही गर्न नसकेको बताए । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, दलित, जनजातीको पक्षमा लडेको काँग्रेस ५ वर्ष गाउँगाउँमा पसेर विकास निर्माण काम गर्नुपर्ने बताउँदै बामले निर्वाचनमा बोलेका बाचा र घोषणापत्रका कुरा पूरा गर्छ गर्दैन हेरेर जनतालाई बुझाउन काँग्रेसीहरु लाग्नु पर्ने बताए ।
राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमूख अतिथि विश्वकर्माले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा निरन्जन राईको अध्यक्षता र क्षेत्रबहादुर वाईबाको उपाध्यक्षतामा २१ सदस्यीय तरुण दल बाग्मती गाउँकमिटि गठन गरिएको छ ।
गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनाको सभाध्यक्षमा भएको प्रशिक्षण कार्यक्रममा पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदसय शेरबहादुर लामा, महासमिति सदस्य धर्मराज लामिछाने, क्षेत्रीय सभापति दामोदर खनाल, हेटौंडा नगरसभापति आनन्द पराजुली, पूर्व पार्टी उपसभापति नारायण लम्साल, दफलित संघ केन्द्रीय सदस्य पवित्रा वि.क., तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, वाग्मती वडा नम्बर २ अध्यक्ष जगतबहादुर भोलन, समिक्षा विक, टेकबहादुर डिम्डुङलगायतले मन्तव्य ब्यक्त गरेेेका थिए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







