Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभाको स्थापना दिवसमा एक दर्जन सम्मानित

Sungava-1527082311.jpg

९ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहूृद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस एवं अभिभावक भेला सम्पन्न भएको छ । 
भेलामा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हिमाल पौडेलले विद्यालयको गतिविधिको बारेमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक केवी खवासले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अरुण पराजुली, शिक्षक रन्जित शाह, फणिन्द्र घिमिरे, सुनिता राई, सुश्मिता न्यौपाने, संस्थापक संचालक विरेन्द्र मानन्धर, तारानाथ खतिवडा, रामकुमार अधिकारी, विमला अधिकारी, देवनारायण सापकोटा, विद्यालयलाई सहयोग गर्ने तेजप्रसाद भट्टराई र दिनेश सापकोटालाई सम्मान गरिएको थियो । यसैगरी सरसफाईमा विश्वास गौतम, तमन्ना अर्याल, अनुशासनमा आयुषा घिमिरे, सुवि जयन्ती, नियमित तर्फ विज्ञान देवकोटा, विद्या तिमल्सिना, कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रहरुमा उत्कृष्ठ काम गर्ने पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, नगर कार्यपालिका सदस्य कल्पना विक, संस्थाका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष रामहरी चौलागाई, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, रानी सामुदायिक वनका कोषाध्यक्ष बसन्त अधिकारी, अभिभावक राजकुमार गौतम, सरीता मिश्र लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय २८ विद्यार्थाीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार