Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

जनकल्याणबाट पत्रकार न्यौपाने सम्मानित

20160924_145804-1474715355.jpg

८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय हेटौँडाका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष हिमाल पौडेलबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाबाट लेखापरिक्षण प्रतिवेदन, लेखा समिति संयोजक दामुप्रसाद चौलागाईबाट लेखासमिति प्रतिवेदन, ऋण उपसमिति संयोजक नारायणप्रसाद अधिकारीबाट ऋण प्रतिवेदन, शिक्षा उपसमिति संयोजक रोमबहादुर न्यौपानेबाट शिक्षा प्रतिवेदन र महिला उपसमिति संयोजक ज्ञानु अर्यालबाट महिला उपसमिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा साझाकुरा राष्ट्रिय दैनिकका सम्पादक सविन न्यौपाने, ज्येष्ठ नागरिक कृष्णप्रसाद पराजुली र ज्ञानुदेवी आचार्य, नियमित बचतकर्ता गोमादेवी गौतम र शर्मिला विक, असल कारोबारी फुलमहम्मद अन्सारी र रत्नकुमारी बोहरालाई पुरस्कृत गरिएको थियो । यसैगरी, लघुवित्त महिला समूहतर्फ विष्णुमाया केसी र दुनामाया गौतम, शेयर सदस्य बृद्धि गराउन सहयोग गर्ने रेशमलाल अछामे, संस्थापक शेयर सदस्य शम्भुप्रसाद आचार्य, सफल व्यवसायी रामप्रसाद श्रेष्ठ र अपांगतातर्फ सिता बानियाँलाई सम्मान गरिएको थियो ।
संस्थाले प्रवेशिका परीक्षा २०७२ मा उत्कृष्ट अंक ल्याउने कुशल आचार्य, ओकिसा पोखरेल, प्रवेश थापा, दम्पत्ति शेयर सदस्य नारायणप्रसाद गौतम र रमिला लम्साल, रमेश कार्की र मनिता बानियाँ, हरिशरण आचार्य र दुर्गा आचार्यलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, हेटौँडा सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सञ्जिवनी सहकारीका अध्यक्ष रणबहादुर कार्की, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नौलो विहानीका अध्यक्ष राजेन्द्र चौलागाई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रोमबहादुर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

थप समाचार