१० जेठ, काठमाडौं । वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ओलीको सम्पत्ति
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यसँग भक्तपुर, सूर्यविनायक–२ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको तीनतले दुईओटा घर छ । ओलीको नाममा ४२ लाख रुपैयाँ बैंक ब्यालेन्स छ भने श्रीमती शाक्यका नाममा झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा, १८ तोला सुनका गरगहना, १० लाख नगद र राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।
रक्षामन्त्री पोखरेलको सम्पत्ति
रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाडौंको टोखा–६ मा २३ आनामा बनेको तीनतले घर, नगरकोटमा १ रोपनी ११ आना जग्गा, धादिङको खानीखोलामा ४ रोपनी जग्गाका साथै ९ तोला सुन र २५ तोला चाँदीको गरगहना एवं विभिन्न बैंकमा १३ लाख ४० हजार नगद छ भने पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा जग्गा छ ।
अर्थमन्त्री खतिवडाको सम्पत्ति
सबैभन्दा बढी नगद रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ र ६२ हजार ७०३ अमेरिकी डलर बैंक मौज्दात छ भने काठमाडौं–४ मा ५ आना, भक्तपुरको चाँगुनारायणमा १२ आना जग्गा छ । श्रीमती कमला खतिवडाको नाममा काठमाडौं–४ मै १४ आना, चाँगुनारायणमा १२ आना, झापा, गौरादह–९ मा ४ विगाहा ८ कट्ठाका साथै काठमाडौंको कागेश्वरी, दोलखाको जिरी, भापालको गौरादहलगायतका विभिन्न ठाउँमा जग्गा, सुन, चाँदी, गाडी, सेयर आदि पनि छ ।
गृहमन्त्री थापाको सम्पत्ति
गृहमन्त्री रामबहादुर थापाको चितवनमा जग्गा, सुन र ७ लाखजति नगद मौज्दात देखिन्छ ।
परराष्ट्रमन्त्री ज्ञवालीको सम्पत्ति
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काठमाडौंमा एउटा घर, अढाइ लाख नगद र केही सुन रहेको देखाइएको छ ।
ऊर्जामन्त्री पुनको सम्पत्ति
ऊर्जामन्त्री वर्षमान पुनको रोल्पा र दाङमा घरजग्गा देखिन्छ भने साढे १० लाख नगद र १५ तोला सुनलगायतको सम्पत्ति छ ।
सामान्य प्रशासनमन्त्री पण्डितको सम्पत्ति
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि विराटनगर र ललितपुरको भैंसेपाटीमा घरजग्गा, १० तोला सुन, १५ तोला चाँदी र ५५ लाख नगद हुने नेता हुन् ।
पर्यटनमन्त्री अधिकारीको सम्पत्ति
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ६० तोला सुन र ३० केजी चाँदी छ । यस्तै, पोखरामा साढे १४ रोपनी घडेरी र ९० रोपनी जग्गाका साथै काठमाडौंको बूढानीलकन्ठमा ५ आना जग्गा रहेको छ भने करिब २५ लाख नगद, ३० लाखको सेयर एवं २० लाखको गाडीलगायतको सम्पत्ति छ ।
यातायातमन्त्री महासेठ
सबैलाई माथ गर्नेगरी अथाह सम्पत्तिका मालिक देखिएका छन्, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । उनी र श्रीमती जुली महतोका नाममा गरी ललितपुर–२५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर र छुट्टै ४ रोपनी ४ आना जग्गाका साथै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर, मिथिलामा पैत्रिक घर, धनुषामा १० विगाहा जग्गा, ५२ तोला सुन, डेढ किलो चाँदी ४० करोडको सेयरसहितको सम्पत्ति छ ।
शिक्षामन्त्री पोखरेलको सम्पत्ति
यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र ३ लाख ६७ हजार बैंक ब्यालेन्स छ ।
उद्योगमन्त्री यादवको सम्पत्ति
उद्योगमन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर, एक करोड ३० लाखको जग्गा, १६ तोला सुन र केही नगद छ ।
वनमन्त्री बस्नेतको सम्पत्ति
वनमन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा एउटा घर, १७ लाख नगद, ७ तोला सुन, १० किलो चाँदी र तीन लाख बढीको सेयर छ ।
कृषिमन्त्री खनालको सम्पत्ति
कृषिमन्त्री चक्रपाणि खनालको कपिलवस्तु र रूपन्देहीमा १५ कट्ठा जग्गा, ६ तोला सुन र श्रीमान्–श्रीमतीका नाममा गरी १५ लाख नगद र १० लाखको सेयर छ ।
खेलकुदमन्त्री सुनारको सम्पत्ति
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको पोखरामा दुई रोपनी जग्गा, ललितपुरमा जग्गा तथा ५० तोला सुनका साथै परिवारका नाममासमेत गरी २० लाख बैंक ब्यालेन्स छ ।
कानुनमन्त्री तामाङको सम्पत्ति
कानुनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममासमेत गरी काठमाडौं, गोकर्णेश्वरमा तीन रोपनी जग्गा र घरका साथै सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौंमा १२३ रोपनीभन्दा धेरै जग्गाका एवं ३० तोला सुन, सवा लाख नगद र १५ लाखको सेयर छ ।
श्रममन्त्री विष्टको सम्पत्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुईओटा घर छ । ७ तोला सुन तथा विभिन्न बैंकमा ७ लाख ३२ हजार नगद मौज्दात छ ।
खानेपानीमन्त्री बीना मगर
साँच्चिकै सर्वहाराजस्तो देखिनेमा खानेपानीमन्त्री बीना मगर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा छन्, जसको परिवारका नाममा अत्यन्तै न्यून सम्पत्ति छ ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

