१० जेठ, काठमाडौं । वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ओलीको सम्पत्ति
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यसँग भक्तपुर, सूर्यविनायक–२ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको तीनतले दुईओटा घर छ । ओलीको नाममा ४२ लाख रुपैयाँ बैंक ब्यालेन्स छ भने श्रीमती शाक्यका नाममा झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा, १८ तोला सुनका गरगहना, १० लाख नगद र राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।
रक्षामन्त्री पोखरेलको सम्पत्ति
रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाडौंको टोखा–६ मा २३ आनामा बनेको तीनतले घर, नगरकोटमा १ रोपनी ११ आना जग्गा, धादिङको खानीखोलामा ४ रोपनी जग्गाका साथै ९ तोला सुन र २५ तोला चाँदीको गरगहना एवं विभिन्न बैंकमा १३ लाख ४० हजार नगद छ भने पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा जग्गा छ ।
अर्थमन्त्री खतिवडाको सम्पत्ति
सबैभन्दा बढी नगद रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ र ६२ हजार ७०३ अमेरिकी डलर बैंक मौज्दात छ भने काठमाडौं–४ मा ५ आना, भक्तपुरको चाँगुनारायणमा १२ आना जग्गा छ । श्रीमती कमला खतिवडाको नाममा काठमाडौं–४ मै १४ आना, चाँगुनारायणमा १२ आना, झापा, गौरादह–९ मा ४ विगाहा ८ कट्ठाका साथै काठमाडौंको कागेश्वरी, दोलखाको जिरी, भापालको गौरादहलगायतका विभिन्न ठाउँमा जग्गा, सुन, चाँदी, गाडी, सेयर आदि पनि छ ।
गृहमन्त्री थापाको सम्पत्ति
गृहमन्त्री रामबहादुर थापाको चितवनमा जग्गा, सुन र ७ लाखजति नगद मौज्दात देखिन्छ ।
परराष्ट्रमन्त्री ज्ञवालीको सम्पत्ति
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काठमाडौंमा एउटा घर, अढाइ लाख नगद र केही सुन रहेको देखाइएको छ ।
ऊर्जामन्त्री पुनको सम्पत्ति
ऊर्जामन्त्री वर्षमान पुनको रोल्पा र दाङमा घरजग्गा देखिन्छ भने साढे १० लाख नगद र १५ तोला सुनलगायतको सम्पत्ति छ ।
सामान्य प्रशासनमन्त्री पण्डितको सम्पत्ति
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि विराटनगर र ललितपुरको भैंसेपाटीमा घरजग्गा, १० तोला सुन, १५ तोला चाँदी र ५५ लाख नगद हुने नेता हुन् ।
पर्यटनमन्त्री अधिकारीको सम्पत्ति
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ६० तोला सुन र ३० केजी चाँदी छ । यस्तै, पोखरामा साढे १४ रोपनी घडेरी र ९० रोपनी जग्गाका साथै काठमाडौंको बूढानीलकन्ठमा ५ आना जग्गा रहेको छ भने करिब २५ लाख नगद, ३० लाखको सेयर एवं २० लाखको गाडीलगायतको सम्पत्ति छ ।
यातायातमन्त्री महासेठ
सबैलाई माथ गर्नेगरी अथाह सम्पत्तिका मालिक देखिएका छन्, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । उनी र श्रीमती जुली महतोका नाममा गरी ललितपुर–२५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर र छुट्टै ४ रोपनी ४ आना जग्गाका साथै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर, मिथिलामा पैत्रिक घर, धनुषामा १० विगाहा जग्गा, ५२ तोला सुन, डेढ किलो चाँदी ४० करोडको सेयरसहितको सम्पत्ति छ ।
शिक्षामन्त्री पोखरेलको सम्पत्ति
यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र ३ लाख ६७ हजार बैंक ब्यालेन्स छ ।
उद्योगमन्त्री यादवको सम्पत्ति
उद्योगमन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर, एक करोड ३० लाखको जग्गा, १६ तोला सुन र केही नगद छ ।
वनमन्त्री बस्नेतको सम्पत्ति
वनमन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा एउटा घर, १७ लाख नगद, ७ तोला सुन, १० किलो चाँदी र तीन लाख बढीको सेयर छ ।
कृषिमन्त्री खनालको सम्पत्ति
कृषिमन्त्री चक्रपाणि खनालको कपिलवस्तु र रूपन्देहीमा १५ कट्ठा जग्गा, ६ तोला सुन र श्रीमान्–श्रीमतीका नाममा गरी १५ लाख नगद र १० लाखको सेयर छ ।
खेलकुदमन्त्री सुनारको सम्पत्ति
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको पोखरामा दुई रोपनी जग्गा, ललितपुरमा जग्गा तथा ५० तोला सुनका साथै परिवारका नाममासमेत गरी २० लाख बैंक ब्यालेन्स छ ।
कानुनमन्त्री तामाङको सम्पत्ति
कानुनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममासमेत गरी काठमाडौं, गोकर्णेश्वरमा तीन रोपनी जग्गा र घरका साथै सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौंमा १२३ रोपनीभन्दा धेरै जग्गाका एवं ३० तोला सुन, सवा लाख नगद र १५ लाखको सेयर छ ।
श्रममन्त्री विष्टको सम्पत्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुईओटा घर छ । ७ तोला सुन तथा विभिन्न बैंकमा ७ लाख ३२ हजार नगद मौज्दात छ ।
खानेपानीमन्त्री बीना मगर
साँच्चिकै सर्वहाराजस्तो देखिनेमा खानेपानीमन्त्री बीना मगर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा छन्, जसको परिवारका नाममा अत्यन्तै न्यून सम्पत्ति छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







