Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी भयो ३ नम्बर प्रदेश सरकारको आलोचना

Office-of-CM-n-Minister-1527417052.JPG

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।

सभामा आइतबार विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले सरकारको एक सय दिनको कार्यशैलीको आलोचना गरेका हुन् । सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले विधेयक ल्याउन ढिला सुस्ती गरेको भन्दै यसको जवाफ दिनुपर्ने बताए । उनले प्रतिपक्षले विधेयक ल्याउन सहयोग गरेपनि सरकारका मूख्यमन्त्री र मन्त्रीहरु उद्घाटउद्घाटन, सेमिनार गोष्ठीमा व्यस्त हुनु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए । 

त्यस्तै, अहिलेसम्म प्रदेशसभा बैठक कक्ष व्यवस्थित नहुनु, दलको कार्यालयका लागि प्रदेश सरकारले समन्वय नगर्नु जस्ता विषयले सरकार आफ्नो काममा उदासिन रहेको प्रष्ट भएको उनको भनाई थियो । उनले सिण्डिकेटको नाममा व्यवसायीका खाता बन्द गरेर विरामी र मृतकका परिवारको विचल्लि बनाएको र नदिजन्य सामग्री उत्खननमा रोक लगाएर निर्माण व्यवसायीलाई थुन्ने काम भएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रमेश पौड्यालले सरकार अधिनायकवादी चरित्र प्रर्दशन गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आफ्नो पार्टी कार्यालयमा राखेको व्यानर के कारण हटाईयो भन्दै सरकारको जवाफ मागेका थिए । 

प्रदेशसभा सदस्य सुरेन्द्र गोसाईले प्रदेश सरकार सुस्त, गतिहिन र कुहिरोमा हराएको काग झैं भएको भन्दै एक सय दिन उपलव्धी शुन्य भएको बताए । बैठकमा प्रदेशसभा सदस्य रिना गुरुङ र रिता माझीले सरकारको कामले जनताले प्रदेश सरकार रहेको अनुभुति गर्न नपाएको भन्दै सय दिनमा कुनै उल्लेख्य कार्यतर्फ अग्रसर हुन नसक्नु सरकारको कमजोरी रहेको थियो ।

प्रदेशसभा सदस्य अष्ट लक्ष्मी शाक्य, कुमारी मोक्तान, केशवराज पाण्डे, जगत सिम्खडा र शान्तिप्रसाद पौडेल, बसन्त मानन्धर, प्रदिपकुमार कटुवाल लगायतले प्रदेशसभामा रहेका एमाले र माओवादी केन्द्र एक पार्टी भएको भन्दै अब जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले देशकै ठूलो दल र प्रदेश तहमा पनि सशक्त उपस्थिति रहेकाले कुनै पनी बहानामा समृद्धिको अभियान रोकिन नहुनेतर्फ उचेत रहनुपर्नेमा जोड दिए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको बैशाख ३१ गते निधन भएकाले प्रतिनिधित्व रिक्त भएको सभालाई अवगत गराएका थिए । बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगिति भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार