१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।
सभामा आइतबार विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले सरकारको एक सय दिनको कार्यशैलीको आलोचना गरेका हुन् । सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले विधेयक ल्याउन ढिला सुस्ती गरेको भन्दै यसको जवाफ दिनुपर्ने बताए । उनले प्रतिपक्षले विधेयक ल्याउन सहयोग गरेपनि सरकारका मूख्यमन्त्री र मन्त्रीहरु उद्घाटउद्घाटन, सेमिनार गोष्ठीमा व्यस्त हुनु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।
त्यस्तै, अहिलेसम्म प्रदेशसभा बैठक कक्ष व्यवस्थित नहुनु, दलको कार्यालयका लागि प्रदेश सरकारले समन्वय नगर्नु जस्ता विषयले सरकार आफ्नो काममा उदासिन रहेको प्रष्ट भएको उनको भनाई थियो । उनले सिण्डिकेटको नाममा व्यवसायीका खाता बन्द गरेर विरामी र मृतकका परिवारको विचल्लि बनाएको र नदिजन्य सामग्री उत्खननमा रोक लगाएर निर्माण व्यवसायीलाई थुन्ने काम भएको भन्दै आपत्ति जनाए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रमेश पौड्यालले सरकार अधिनायकवादी चरित्र प्रर्दशन गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आफ्नो पार्टी कार्यालयमा राखेको व्यानर के कारण हटाईयो भन्दै सरकारको जवाफ मागेका थिए ।
प्रदेशसभा सदस्य सुरेन्द्र गोसाईले प्रदेश सरकार सुस्त, गतिहिन र कुहिरोमा हराएको काग झैं भएको भन्दै एक सय दिन उपलव्धी शुन्य भएको बताए । बैठकमा प्रदेशसभा सदस्य रिना गुरुङ र रिता माझीले सरकारको कामले जनताले प्रदेश सरकार रहेको अनुभुति गर्न नपाएको भन्दै सय दिनमा कुनै उल्लेख्य कार्यतर्फ अग्रसर हुन नसक्नु सरकारको कमजोरी रहेको थियो ।
प्रदेशसभा सदस्य अष्ट लक्ष्मी शाक्य, कुमारी मोक्तान, केशवराज पाण्डे, जगत सिम्खडा र शान्तिप्रसाद पौडेल, बसन्त मानन्धर, प्रदिपकुमार कटुवाल लगायतले प्रदेशसभामा रहेका एमाले र माओवादी केन्द्र एक पार्टी भएको भन्दै अब जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले देशकै ठूलो दल र प्रदेश तहमा पनि सशक्त उपस्थिति रहेकाले कुनै पनी बहानामा समृद्धिको अभियान रोकिन नहुनेतर्फ उचेत रहनुपर्नेमा जोड दिए ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको बैशाख ३१ गते निधन भएकाले प्रतिनिधित्व रिक्त भएको सभालाई अवगत गराएका थिए । बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगिति भएको छ ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
-1780361868.jpg)














-1779500375.jpg)

