Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले भने–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

Indra-Bahadur-Baniya-1527418189.jpg

File Photo

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएका छन् ।
प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगरी घमण्ड प्रर्दशन गरे जनताले आगामी निर्वाचनबाट पूर्ण विराम लगाईदिने चेतावनी दिएका हुन् । ‘अहिले एमाले र माओवादी केन्द्र मिलेर नेकपा अण्डरलाईन हुनु भएकोमा बधाई छ’–उनले भने–‘तर जनतको हितमा काम नगरी एकताको घमण्डमात्रै गर्दा अन्डरलाईबाट फुलस्टप हुनुपर्ला, सचेत रहनुस् ।’ 
३ नम्बर प्रदेशका मूख्यमन्त्री नै आफु अधिकारविहिन रहेको भन्दै गोष्ठी, सेमिनार र उद्घाटनमा भाषण गर्दै हिडेको प्रति आपत्ति जनाउँदै उनले अत्यावश्यक विधेयकहरु ल्याउन नसक्नु सरकारको कमजोरी रहेको बताए । उनले एक सय दिन पुरा गर्दै गर्दा प्रदेशसभा बैठक कक्ष व्यवस्थापन र संसदीय दलको कार्यालय उपलव्ध गराउन नसकेको भन्दै सरकारको कटाक्ष गरे । भुकम्प पीडितलाई पुर्ननिर्माणमा सहयोग पुग्ने गरी काम गर्न सरकार चुकेको भन्दै मूख्यमन्त्री र मन्त्रीहरु विकास भन्दा निरासा बाँड्न व्यस्त रहेको बताए । उनले प्रदेश सरकार गठन भएको जनताले महसुस गर्न नपाएको भन्दै जनताको लागि योजना भन्दा पनि आफु केन्द्रित गतिविधिमा सरकार अलमलिएको उनले आरोप लगाए । 
उनले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिने सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको भन्दै सरकारको विरोध गरे । यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म नीजि क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागि परेको उनको दावि थियो ।
सरकार गठनको एक सय दिनमा प्रतिपक्षले विधेयक पारित गर्ने लगायतका काममा सहयोग गरेपनि प्रदेश सरकारले गति लिन नसकेको भन्दै बेलैमा आफ्नो शैली नसुधारे जनताको तर्फबाट संसदमा आफुहरुले भूमिका निर्वाह गर्ने चेतावनी समेत बानियाँले दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार