१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा सोमबार मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले मूख्य न्यायाधिवक्ता संघीय वा प्रदेश सरकारप्रति उत्तरदायी रहने भन्ने बारेमा स्पष्ट किटान नभएको भन्दै मूख्य न्यायाधिवक्तालाई प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा स्पष्ट किटान हुनुपर्ने धारणा राखेका थिए । विधेयकमाथी सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङ दोर्जे लामा, रिना गुरुङ र रिता माझीले भाग लिएका थिए ।
यसअघि प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले प्राकृतिक स्रोतको बाँडफाँडका लागि कानूनी निर्माण हुनुपर्ने, सडक निर्माणका क्रममा राजधानी लगायतका क्षेत्रमा धुलोका कारण सर्वसाधारणमा स्वास्थ्य समस्या देखा परेको, खानेपानीको समस्या व्यापाक बढेको भन्दै स्रोतको पहिचान लगायतका क्षेत्रमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पूर्वाधार निर्माणका क्रममा भईरहेको ढिलाई प्रति प्रदेश सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुलाई आगामी बैठकमा दिन निर्देशन दिएका छन् । प्रदेशसभाको बैठक जेठ १७ गते अपरान्ह सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







