१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्ने ७ जना प्रदेशसभा सदस्यले प्रदेशको राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानीबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यप्रगतिबारे जानकारी माग्दै राजधानीबारे चाँडै टुंगो लगाउनुपर्ने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य रामकाजी महर्जन, चन्द्रबहादुर लामा, लालकुमारी पुन, हिरानाथ खतिवडा, मिनाकुमारी नेपाल, लक्ष्मण लम्साल र सरस्वति बाटीले यथाश्रिघ प्रदेशको राजधानीबारे निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले संवैधानिक प्रक्रियाबाट प्रदेशको राजधानीबारे टुंगो लगाउनुपर्ने बताएका थिए । प्रदेशसभा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानी टुंगो लगाउन अध्ययन समिति गठन गरेको प्रदेशसभा सदस्यहरुको ‘आँखामा छारो’ हाल्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
यस्तै, प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सडक पूर्वाधार निर्माण र स्वच्छ खानेपानीको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य प्रभात तामाङले गल्छी–स्याफ्रुवेसी सडक संचालन गर्न माग गरे । उनले रसुवा गढी नाकबाट केरुङ जान उपलव्ध हुने पासलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीहरुलाई बैंकले अनियन्त्रित व्याज लिईरहेको भन्दै यसबारे समन्वय गरेर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य शोभा शाक्यले अदालतबाट दोषि ठहर भएका बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्न लागेको प्रति आपत्ति जनाईन् । सभासद लालकुमारी पुनले संघीय संसदमा झैं प्रदेशसभामा पनि एभरेष्ट बैंकमै खाता खोल्न लगाउनु सिण्डिकेट भएको भन्दै सरकारी बैंकमै खाता संचालन हुनुपर्नेमा जोड दिईन् । प्रदेशसभामा प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छे, चेतनाथ सञ्जेल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल लगायतले पूर्वाधार निर्माण अव्यवस्थित भएको, खानेपानीका कारण प्रदेशका बासिन्दा समस्यामा परेको लगायतका समस्या राख्दै व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




