१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्ने ७ जना प्रदेशसभा सदस्यले प्रदेशको राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानीबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यप्रगतिबारे जानकारी माग्दै राजधानीबारे चाँडै टुंगो लगाउनुपर्ने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य रामकाजी महर्जन, चन्द्रबहादुर लामा, लालकुमारी पुन, हिरानाथ खतिवडा, मिनाकुमारी नेपाल, लक्ष्मण लम्साल र सरस्वति बाटीले यथाश्रिघ प्रदेशको राजधानीबारे निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले संवैधानिक प्रक्रियाबाट प्रदेशको राजधानीबारे टुंगो लगाउनुपर्ने बताएका थिए । प्रदेशसभा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानी टुंगो लगाउन अध्ययन समिति गठन गरेको प्रदेशसभा सदस्यहरुको ‘आँखामा छारो’ हाल्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
यस्तै, प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सडक पूर्वाधार निर्माण र स्वच्छ खानेपानीको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य प्रभात तामाङले गल्छी–स्याफ्रुवेसी सडक संचालन गर्न माग गरे । उनले रसुवा गढी नाकबाट केरुङ जान उपलव्ध हुने पासलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीहरुलाई बैंकले अनियन्त्रित व्याज लिईरहेको भन्दै यसबारे समन्वय गरेर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य शोभा शाक्यले अदालतबाट दोषि ठहर भएका बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्न लागेको प्रति आपत्ति जनाईन् । सभासद लालकुमारी पुनले संघीय संसदमा झैं प्रदेशसभामा पनि एभरेष्ट बैंकमै खाता खोल्न लगाउनु सिण्डिकेट भएको भन्दै सरकारी बैंकमै खाता संचालन हुनुपर्नेमा जोड दिईन् । प्रदेशसभामा प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छे, चेतनाथ सञ्जेल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल लगायतले पूर्वाधार निर्माण अव्यवस्थित भएको, खानेपानीका कारण प्रदेशका बासिन्दा समस्यामा परेको लगायतका समस्या राख्दै व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

