Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेः मुख्यमन्त्री डोरमणी पौडेल

gadatantra-diwas-(3)-1527599771.jpg

१५ जेष्ठ, हेटौँडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले धेरैको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न आफूहरु लागिपरेको बताएका छन् । ११ औं गणतन्त्र दिवसका अवसरमा प्रदेश–३ को राजधानी हेटौंडामा निकालिएको प्रभातफेरी पछिको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले गणतन्त्रमा संघीयताको अनुभव भर्खर गर्दै आएकाले यसलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
गणतन्त्र स्थापनाका लागि बलिदान दिएका शहिदहरुको उद्धेश्य पूरा गर्न प्रदेश सरकार लागेको बताउँदै मुख्यमन्त्री पौडेलले गणतन्त्र स्थापनाका लागि गरिएको बलिदान खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । समावेशी सहभागिता गणतन्त्रसँगै आएकाले त्यसको कार्यान्वयन जोड दिँदै उनले नेपालीको मुहारमा खुशी ल्याउन सरकारलाई सबै सरोकारवालाहरुलार्य सहयोग गर्न आग्रह समेत गरे । 
मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडा–काठमाडौं जोड्ने सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत् उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । 
कार्यक्रममा प्रदेशका मन्त्रीहरु शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, केशव स्थापित, युवराज दुलाल, अरुण नेपाल, दावा लामा, प्रमुख सचिव रेश्मीराज पाण्डे, मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशका सांसद्हरु, सरकारी कार्यालय, प्रदेश तथा जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।
 हेटौंडाको बुद्धचोकबाट सुरुभएको ¥याली कान्तिराजपथ–संगमचोक–मानसचोकहुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार