Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

कृष्णगोपालले हेटौंडेलीको मन भुलाउने

20160925_163241-1474813305.jpg

९ असोज, हेटौँडा । पुराना एवं चर्चित गायक कृष्णगोपाल सिंहले फेरि एक पटक हेटौँडाका संगीत पारखीको मन भुलाउने भएका छन् । होटल एशोसियसन मकवानपुरले दशैं, तिहार र छठको उपलक्ष्यमा गर्न लागेको सांस्कृतिक कार्यक्रममा सिंहले आफ्नो प्रस्तुतिमार्फत मनोरन्जन प्रदान गर्ने भएका हुन् । 
सल्लोनी एल्बमको ‘गुड्यो मोटर सुसाउँदै, तन्नेरीको मन भुलाउँदै बाईरोडमा’ लगायतका कर्णप्रिय गीतका गायक सिंह यसअघि भएको हेटौँडा आईडलका निर्णायक पनि हुन् । असोज १५ गते सांस्कृतिक कार्यक्रमको तेस्रो संस्करण हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सांस्कृति कार्यक्रममा कृष्णगोपालका साथै सिर्जना कला केन्द्रका कलाकारहरुले समेत मनोरन्जन प्रदान गर्ने होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले बताए । 
शाकाहारी र मांसाहारी परिकारका साथ हुने सांस्कृतिक कार्यक्रमका लागि  १२ सय रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । २०७० सालदेखि बर्षेनी भईरहेको कार्यक्रम २०७२ सालमा भुकम्पका कारण हुन सकेको थिएन । स्थानीय कला संस्कृतिको प्रवद्र्धनसँगै चाडपर्वको अवसरमा शुभचिन्तक, मित्रजनसँग रमाईलो गर्ने अवसर जुटाउन कार्यक्रम गरिएको आयोजकको दावि छ । पत्रकार सम्मेलनमा महासचिव शंकरलाल श्रेष्ठ, कोषाध्यक्ष विजय श्रेष्ठसहित पदाधिकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार