Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

कृष्णगोपालले हेटौंडेलीको मन भुलाउने

20160925_163241-1474813305.jpg

९ असोज, हेटौँडा । पुराना एवं चर्चित गायक कृष्णगोपाल सिंहले फेरि एक पटक हेटौँडाका संगीत पारखीको मन भुलाउने भएका छन् । होटल एशोसियसन मकवानपुरले दशैं, तिहार र छठको उपलक्ष्यमा गर्न लागेको सांस्कृतिक कार्यक्रममा सिंहले आफ्नो प्रस्तुतिमार्फत मनोरन्जन प्रदान गर्ने भएका हुन् । 
सल्लोनी एल्बमको ‘गुड्यो मोटर सुसाउँदै, तन्नेरीको मन भुलाउँदै बाईरोडमा’ लगायतका कर्णप्रिय गीतका गायक सिंह यसअघि भएको हेटौँडा आईडलका निर्णायक पनि हुन् । असोज १५ गते सांस्कृतिक कार्यक्रमको तेस्रो संस्करण हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सांस्कृति कार्यक्रममा कृष्णगोपालका साथै सिर्जना कला केन्द्रका कलाकारहरुले समेत मनोरन्जन प्रदान गर्ने होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले बताए । 
शाकाहारी र मांसाहारी परिकारका साथ हुने सांस्कृतिक कार्यक्रमका लागि  १२ सय रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । २०७० सालदेखि बर्षेनी भईरहेको कार्यक्रम २०७२ सालमा भुकम्पका कारण हुन सकेको थिएन । स्थानीय कला संस्कृतिको प्रवद्र्धनसँगै चाडपर्वको अवसरमा शुभचिन्तक, मित्रजनसँग रमाईलो गर्ने अवसर जुटाउन कार्यक्रम गरिएको आयोजकको दावि छ । पत्रकार सम्मेलनमा महासचिव शंकरलाल श्रेष्ठ, कोषाध्यक्ष विजय श्रेष्ठसहित पदाधिकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार