Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेशको गौरब योजनामा सुरुङ मार्ग र चक्रपथ

Pradesh-Sava-photo-1527852210.JPG

१८ जेठ, हेटौँडा । प्रदेश ३ सरकारले सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजनामा राखेको छ। प्रदेश सरकारले पहिलोपटक ल्याएको आफ्‍नो नीति तथा कार्यक्रममा यी दुई योजनालाई प्रदेश गौरवको योजनामा राखेको हो। 

प्रदेशसभामा शुक्रबार आर्थिक वर्ष ०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली र काभ्रे) लाई प्रदेश गौरवका योजनाको रूपमा अगाडि बढाउने बताइन्। 

सरकारको नीति तथा कार्यक्रममा एक पालिका एक विशेष उत्पादन, मावि शिक्षा निःशुल्क र अनिवार्य, प्रदेश विद्युत लगानी बोर्ड, प्रदेश पर्यटन परिषद, प्रदेशस्तरीय जलस्रोत आयोग, प्रदेश सामाजिक सुरक्षा कोष, प्रदेश विपद् व्यवस्थापन कोष, युवा प्रोत्साहन कोष, प्रादेशिक वैज्ञानिक आविस्कार केन्द्र, प्रदेश सूचना पार्क, २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउने, दाइजोरहित प्रदेश, अपराध न्यूनीकरणका लागि प्रदेश अनुसन्धान व्यूरो स्थापना, मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, स्थानीय तहमा १५ देखि ५० शैय्याको अस्पताल, सदरमुकामदेखि गाउँपालिका वा लोकमार्ग जोड्न पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी मुख्यमन्त्री ग्रामीण सडक योजना जस्ता योजनाअघि बढाउने उल्लेख छ।

नीति तथा कार्यक्रममा एक घर एक धारा, हेटौँडा–फाखेल–फर्पिङ सडक, काठमाडौं साँखु–फट्केश्वर सुरुङ मार्ग निर्माणलाई संघसँग समन्वय गरी कार्यअघि बढाउने, सबै भौतिक संरचना अपांग मैत्री बनाइने, हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने, एक स्थानीय तह एक उद्योग ग्राम, ०७५/०७६ लाई उद्योग वर्ष घोषणा, कृषिलाई आधुनिकिकरण गर्ने र जमिनको वर्गीकरण गर्ने जस्ता योजनालाई अघि सारिएको छ।

नीति तथा कार्यक्रम ‘गुदी नभई बोक्रा’

३ नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम नारामा मात्रै सीमित रहेको बताए। उनले यसलाई ‘गुदी नभइ बोक्रा’ को संज्ञा दिएका छन्। उनले नीति तथा कार्यक्रममा सबैलाई चित्त बुझाउन सबै क्षेत्रलाई नारामा अटाएको भए पनि ठोस ढंगले ल्याउन नसकेको बताए। उनले यसलाई प्रदेश सरकाले बजेटमा कसरी रुपान्तरण गर्छ भन्नेमा आफूहरूको चासो रहेको बताए।  राप्रपा प्रजातान्त्रिककी प्रदेश सभा रिना गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रको नक्कल भएको बताइन्। उनले नीति तथा कार्यक्रममा विभिन्न आयोग, परिषद् र केन्द्र गठन गर्ने भनिएको प्रति आपत्ति जनाउँदै यसलाई कार्यकर्ता भर्ति गर्ने योजनाको रुपमा अघि सारिएको बताइन्। उनले सरकारले थोरै भए पनि गौरवको योजना ल्याए पनि यो अपर्याप्त रहेको बताइन्। 

विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीय सरकारकै ढाँचामा ल्याएको भन्दै कार्यान्वयन हुनेमा आशंका रहेको बताए। उनले कार्यक्रमको प्राथमिकिकरणमा समेत प्रदेश सरकार चुकेको औँल्याए। सत्तापक्षीय प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रदेश समृद्धिका लागि बाम गठबन्धनको घोषणापत्र र त्यसमा छुटेका विषयलाई समेत नीति तथा कार्यक्रमले समेटेको बताए ।

प्रदेशसभा सदस्य रामेश्वर फुँयालले नेपाललाई समृद्धि बनाउने अभियानलाई पूरा गर्ने ढंगको नीति तथा कार्यक्रम आएको बताए। उनले उद्यमशिलतालाई प्रवद्र्धन, पर्यटनको प्रवद्र्धन, सामाजिक कुरिति न्यूनिकरणका लागि पहल, पूर्ण साक्षरता लगायतका विषयले सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने बताए।

प्रदेश प्रमुख अस्वस्थ, डोरमणीले पढे
३ नम्बर प्रदेशसभा संचालन नियमावलीमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने उल्लेख छ । नियमावली अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अनुराधा कोइराला नै आईन् । तर अस्वस्थताका कारण केही समय पढेपछि उनले प्रदेश मूख्यमन्त्री डोरमणी पौडेललाई पढ्न प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसंग अनुमति मागिन् । सभामुखले अनुमति दिएपछि बाँकी नीति तथा कार्यक्रम मूख्यमन्त्री पौडेलले प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार