Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्रीपरिषद विस्तार, ओली सरकारमा थपिए दुई उपप्रधानमन्त्री

Mantriparishad-1527867326.jpg

१८ जेष्ठ, हेटौँडा । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई शुक्रबारनै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी हुन् ।
यस्तै संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईन नियुक्त भएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि सोही मन्त्रालयको मन्त्रीमा बढुवा गरेका छन् । नवनियुक्त मन्त्रीद्धय राई र बास्कोटाले पनि राष्ट्रपति भण्डारीबाट सपथ लिएका छन् ।
संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।
राष्ट्रपति भवन सितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार